Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अपडेट : वीरगञ्ज महानगरको प्रमुखमा विजय सरावगी निर्वाचित

बीरगञ्ज, असोज ११ । २ नं. प्रदेशको एकमात्र महानगरपालिका बीरगञ्जको प्रमुखमा संघीय समाजवादी फोरम नेपालका विजयकुमार सरावगी विजयी भएका छन् ।

सरावगी निकटम प्रतिद्वन्दी कांग्रेसका द्विवेदी भन्दा २ हजार १ सय ९६ मत बढी ल्याएर विजयी भए ।सरावगीले १९ हजार ३९३ मत पाउँदा कांग्रेस द्विवेदीले १७ हजार १९७ मत पाए ।

तेस्रो स्थानमा राजपाका राजेशमान सिंहले १२१६५ मत, माओवादी केन्द्रका रहबर अन्सारीले ८३०५ मत, र नेकपा एमालेका बसरुद्धिन अन्सारी ८६८८ मत र नेपाल लोकतान्त्रिक फोरमका विमल श्रीवास्तवले ८७०१ मत ल्याए ।

उपमेयरमा शान्ति कार्की निर्वाचित

वीरगञ्ज महानगरपालिकाको उपप्रमुखमा कांग्रेसकी शान्ति कार्की निर्वाचित भएकी छन । कार्कीले प्रतिद्वन्दी भन्दा १०७७ मत बढी ल्याएर निर्वाचित भइन । उनले १९ हजार ६०७ मत ल्याउँदा संघीय समाजवादी फोरमकी पिंकी यादवले १८ हजार ५३० मत पाइन ।

मुख्य निर्वाचन कार्यालय पर्साका अनुसार, वीरगन्जमा ८४ हजार १ सय ६० मत खसेको थियो । ३२ वटा वडा रहेको वीरगञ्ज महानगरमा फोरमले १२, काँग्रेसले १०, एमालेले ५, राजपाले ३, माओवादी केन्द्र र लोकतान्त्रिक फोरमले१, १ वडाको अध्यक्षमा जित हात पारेका छन ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: