Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

खुला पुरुष भलिबल प्रतियोगिता सुरू

नवलपरासी, असोज ११ । नवलपरासीको अमरौटमा बुधबारदेखि खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । दशै, तिहार र छठ पर्वको अवसरमा श्रीअमर युवा क्लब नवलपरासीले प्रतियोगिताको आयोजना गरेको हो ।

एक समारोहका बीच प्रतियोगिताको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ताले उद्घाटन गरे । खेलको उद्घाटन गर्दै नगरप्रमुख गुप्ताले खेलाडी देशका गहना भएकाले खेलाडीहरुको उचित व्यस्थापनका लागि सरकारले सहयोग गर्ने बताए ।

प्रतियोगितामा नवलपरासी र रुपन्देही जिल्लाका गरी ४५ वटा टिम सहभागी छन् । प्रतियोगिताको विजेता टोलीले नगद २० हजार र उपविजेताले १५ हजार नगद सहित शिल्ड र प्रमाणपत्र पाउने छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: