Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

चर्चामा बिग बोस–११, हेर्नुस् ग्रान्ड ओपनिङको भिडियो

मुम्बई, बहुचर्चित रियालिटी शो ‘बिग बोस–११’ अक्टुबर १ देखि शुरु हुन गइरहेको छ ।

शोलाई लोकप्रिय बनाउन यसपटक भने केही नयाँ परिवर्तनसँगै यो शुरु हुने छ ।

यसअघि सलमान खानले शो को होष्ट नगर्ने खबर सार्वजनिक भएपनि ग्रान्ड लन्चका दिन भने सलमान खानले नै शो चलाउने घोषणा गरेका छन् ।

यसपल्ट बिगबसमा सबैभन्दा बढी चर्चामा भने विवादमा रहने गायिका र नृत्यांगना सपना चौधरी छिन् ।

घरका सदस्यहरुका लागि अखडा बनाइएको छ । तर यसको उपयोग के कामका लागि हो भन्ने खुलेको छैन । सामान्यतः अखाडाको प्रयोग कुस्तीका लागि गरिन्छ ।

यसपटक भने सलमान एउटा नयाँ स्वरुपमा देखिने भएका छन् । पहिलोपटक सलमान खान प्रतियोगिहरुसँगै रहने छन् ।

यसपटक प्रतियोगीहरुबीचको प्रतिष्पर्धालाई रोचक बनाउन ‘घर विरुद्ध छिमेकी’ को अवधारणा ल्याइएको छ । यसबारेमा बिस्तृत जानकारी भने सार्वजनिक भएको छैन ।

यसपटकको सिजन एक सय दिन भन्दा बढी चल्ने भएको छ ।

ग्रान्ड लन्चको भिडियो यो लिंकमा हेर्नुस् 

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: