इतिहास रच्दै ‘छक्का पञ्जा २’

काठमाडौं, असोज १२ । नेपालीहरुको महान पर्व फूलपातीको अवसर पारेर बुधबारदेखि देशभर एकैसाथ प्रदर्शनमा आएको नेपाली चलचित्र ‘छक्का पञ्जा २’ को पहिलो दिनको व्यापारी कारोबार नेपाली सिने इतिहासकै राम्रो रहेको बताइएको छ ।

प्रदर्शनको पहिलो दिन दर्शकको उपस्थिति र टिकट बिक्रीको हिसावले ‘छक्का पञ्जा २’ ले नेपाली सिने बजारमा भारतीय चलचित्र ‘बाहुबली’ले राखेको रेकर्डसमेत तोडेको छ ।

याे पनि पढ्नुस  दिपक दीपाको अफरलाई लत्याउँदै साम्राज्ञी लागिन इन्टु मिन्टुतिर

साथै देशभरका एक सय भन्दा धेरै हलहरुबाट एकसाथ प्रदर्शनमा आएको ‘छक्का पञ्जा २’ ले क्युएफएक्समा सबैभन्दा बढी २६ शो पाउने चलचित्रको रेकर्डमा पनि आफ्नो नाम लेखाइसकेको छ ।

चलचित्र ‘छक्का पञ्जा २’ले बुधबार राजधानी बाहिर मात्रै रात्री शोहरु बाहेक ५७ लाख रुपैयाँको कारोबार गरेको छ । तर राजधानीमा भएको व्यवसायिक कारोबारको भने विवरण आउन बाँकी रहेको वितरकले बताएका छन ।

याे पनि पढ्नुस  ‘छक्का पञ्जा–२’ छायांकनभन्दा पहिला प्रदर्शन मिति घोषणा

कलाकार दीपाश्री निरौलाको निर्देशनमा बनेको ‘छक्का पञ्जा २’ गएको वर्षको रेकर्ड ब्रेकर सिनेमा ‘छक्का पञ्जा’को सिक्वेल हो । ‘छक्का पञ्जा’ले नेपाली सिनेमाको इतिहासमा सबैभन्दा धेरै कमाउने र मल्टिप्लेक्समा सय दिन मनाउने सिनेमाको रेकर्ड बनाएको थियो ।

‘छक्का पञ्जा २’ मा दीपक राज गिरी, केदार घिमिरे, जितु नेपाल, प्रियंका कार्की, वर्षा राउत, स्वस्तीमा खड्का लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्