शेयर बजारमा असोज १८ गतेदेखि नयाँ आईपीओ किन्ने अवसर

काठमाण्डौ, असोज १३ । दशै लागेको छ सबै पैसा नसक्नु होला । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको प्राथमिक शेयर (आइपिओ) असोज १८ गतेदेखि विक्री खुला हुँदैछ ।

शेयर निष्काशन छिटोमा असोज २३ गते बैंकिङ समय पश्चात बन्द हुनेछ । तर पर्याप्त दरखास्त नपरेको खण्डमा भने कार्तिक १६ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ ।

याे पनि पढ्नुस  ग्रीन लाइफ हाइड्रोको आइपिओ बिक्री हुँदै

कम्पनीले १ लाख ८० हजार कित्ता शेयर निष्काशन गर्दैछ, जसमा २ प्रतिशत अर्थात् ३ हजार ६०० कित्ता शेयर कर्मचारीहरुलाई, ५ प्रतिशत अर्थात् ९ हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।

यस माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय इटहरी उपमहागरपालिका वडा नं. २६ सुनसरी जिल्लामा अवस्थित छ । यस माइक्रोफाइनान्सको १० जिल्लामा शाखा कार्यालय फैलिएको छ ।

याे पनि पढ्नुस  सयपत्री हाइड्रोले ९ करोडको आईपिओ जारी

माइक्रोफाइनान्सको आइपिओमा दरखास्त दिनु पर्ने न्यूनतम कित्ता ५० र अधिकतम ९०० कित्ता रहेको छ ।

धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनाएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौलाई गरेको छ । क्रेडिट रेटिङ नियमावली, २०६८ को नियम ३ (क) अनुसार यस निष्काशनलाई क्रेडिट रेटिङ गराउन आवश्यक नभएकोले क्रेडिट रेटिङ गरेको छैन ।

याे पनि पढ्नुस  आइतबार स्पर्श लघुवित्तको आईपिओ बाँडफाँड, ९१ प्रतिशत बढी आवेदकले नपाउने

धितोपत्र बोर्डले सार्वजनिक निश्कासनहरुका लागि आस्वामार्फतको आवेदनलाई अनिवार्य गरेकै कारण देशभर छरिएर रहेका आस्वा सेवा संचालनको अनुमतिप्राप्त जुनसुकै बैंक तथा बित्तीय संस्थाको शाखामा गएर एफपीओका लागि आवेदन दिन सकिन्छ ।

dainiknews dot com बाट

कमेन्ट गर्नुहोस्