Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अर्घाखाँची काँग्रेसद्वारा प्रदेश र केन्द्रका लागि उम्मेदवारको टुंगो

अर्घाखाँची, १३ असोज (रासस) ः आगामी मंसिर २१ गते हुने संघ र प्रदेश सभाको निर्वाचनका लागि काँग्रेसले उम्मेदवारको नाम सिफारिस गरेको छ ।

काँग्रेसका दुई वटै निर्वाचन क्षेत्रीय समितिको बैठकले संघ र प्रदेश सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ र समानुपातिकतर्फका उम्मेदवारको नाम केन्द्रीय समितिमा पठाएको छ ।

निर्वाचन क्षेत्र नं १ को बैठकले संघ अर्थात् प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ तीन र समानुपातिकतर्फ छ जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फ रेवतीप्रसाद भुसाल, डा रामबहादुर बिसी र मुक्ति श्रेष्ठको नाम सिफारिस भएको क्षेत्रीय सभापति केशवराज कुँवरले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: