गजबको अफर घर किन्दा श्रीमति सितैमा

एजेन्सी । आफ्नो व्यापार प्रवर्धनका गर्नका लागि व्यापारीले अथवा कर्पोरेट हाउसले विभिन्न खालका आर्कषक अफरहरु ल्याउँछन् । एउटा सामान किन्दा अर्को सामान सित्तैमा भन्ने अफरलाई चनौती दिदै एउटा यस्तो अफर बजारमा आएको छ जुन सुन्दै हर कोहीले जिब्रो टोक्छन । एउटा यस्तो अनौठो अफर घर किन्दा श्रीमती सित्तैमा दिने अफर सार्वजनिक भएको छ ।

इण्डोनेसियामा घर किन्दा श्रीमती सित्तैमा पाइने एउटा विज्ञापनले अहिले ठूलै तहल्का मच्चाएको छ र उक्त विज्ञापन इण्टरनेटमा भाइरल बनेको छ ।
एकजना महिलाले आफ्नो घर बिक्रिका लागि विज्ञापन गरेकी छिन् र आफ्नो घर किन्ने पुरुषहरुले आफुलाई श्रीमतीको रुपमा पाउने घोषणासमेत गरेकी छिन् ।

याे पनि पढ्नुस  इन्डोनेसियामा भूकम्प र सुनामीबाट हजार बढीको मृत्यु , अन्तर्राष्ट्रिय सहयोगको अपिल

यो अनलाइन विज्ञापनको सुरुवाती हिस्सा सामान्य विज्ञापन जस्तो छ र यसमा घरमा रहेका विशेषता उल्लेख गरिएको छ । तर अन्त्यतिर भने दुर्लभ अफर प्रस्तुत गरिएको छ । जसमा भनिएको छ, ‘जसले यो घर किन्नुहुन्छ उसले यो घरकी मालिक्नीसाग बिहेको प्रस्ताव गर्न सक्नुहुन्छ ।’

याे पनि पढ्नुस  डा बाबुराम भट्टराई इन्डोनेसिया जादैं

विज्ञापनमा घर मालिक्नीको तस्वीर समेत दिइएको छ । विना लिया नामकी ती ४० वर्षे महिला श्रीमानको मृत्युसागै हाल एकल महिलाको रुपमा रहेकी छिन् र उनको आफ्नो सैलुन समेत छ ।

यो घर गम्भीर खालका क्रेताहरुको लागि मात्र रहेको र यसमा कुनै सौदाबाजी नहुने विज्ञापनमा उल्लेख गरिएको छ । जाभा द्विपस्थित स्लेम्यानमा रहेको यो घरको मूल्य ९ करोड ९९ लाख इण्डोनेसियन रुपिहा अर्थात् झण्डै ७५ हजार अमेरिकी डलर तोकिएको छ ।

याे पनि पढ्नुस  इन्डोनेसियामा प्रहरी मुख्यालयमै आक्रमण, चार जनाको मृत्यु, कैयौँ घाइते

एएफपीका अनुसार घर मालिक्नी विना लियाको यो विज्ञापन इण्डोनेसियाका संचार माध्यममा मात्र होइन सोसल मिडियामा समेत निकै चर्चित बनिरहेको छ ।

कतिपयले उनलाई घोचपेच गरेर खिल्ली उडाइरहेका छन् । यो समाचार प्रकाशित भएपछि यस बारेमा सोध्नका लागि आफ्नो घरमा प्रहरी समेत आएको र मान्छेले दिएका प्रतिक्रिया र पत्रकारका व्यवहारबाट आफु दुखी बनेको उनी बताउाछिन् ।

कमेन्ट गर्नुहोस्