गृहमन्त्री शर्मा भन्छन– दशैंमा मन्त्रालयकै काममा व्यस्त हुनेछु

काठमाडौं, असोज १३ । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता एवं गृहमन्त्री जनार्दन शर्माले दशैंमा मन्त्रालयको काममै व्यस्त रहने बताएका छन । प्रतिनिधि र प्रदेशसभाको निर्वाचन निजिकिएकाले देशभरीको शान्ति सुरक्षाको अवस्था कस्तो छ भनेर अनुगमन गर्ने उनको कार्यक्रम रहेका छ ।

दशैंका बेला मन्त्रालयगत अन्य कार्य कम हुने भएकाले देशभरको पछिल्लो शान्तिसुरक्षा अवस्थाबारे रिपोर्टहरु लिने बताएका छन । त्यस क्रममा केही समस्या आयो भने समाधानका गर्न पहिलो प्राथमिकता दिने शर्माले बताए । चुनावको सुरक्षा तयारीका बारेमा छलफल, राजनीतिका बारेमा साथीभाइसँग छलफल गर्छु । खाली समयमा अध्ययन गर्ने कुरा पनि हुन्छ तर यस बर्ष मन्त्रालयको काममा बढी व्यस्त हुने भएकोले यो किताव अध्ययन गर्ने भन्ने छैन ।

दशैंमा आफन्त लगायत साथीभाइसँग पनि भेटघाट हुन्छ । कार्य व्यस्तताले अघिपछि भेटघाट भएपनि लामो कुरा गर्ने समय पाइदैन् । दशैका बेला अल्लि अन्तरङ कुरा गर्न पाइन्छ । आफन्त तथा साथीभाइलाई खाना खान बोलाएको छु, यस्तो बेला एक डेढ घण्टा कुरा गर्न पाइन्छ ।

दशैंमा टीका लगाउन चाहनेहरुका लागि टिका पनि लगाइदिन्छु । टीका लगाउने कुरामा प्रेरित नै गर्छु । आफूले चाहिँ लगाउनै पर्छ भन्ने छैन । पहिला पनि लगाइएन । टिका लगाउन अग्रज आफन्त पनि छैनन् । समग्रमा यो बर्षको दशै अलि बढी ब्यस्ततामै बित्छ ।

कमेन्ट गर्नुहोस्