Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

शक्तिपीठमा दर्शनार्थीको घुइँचो

नवलपरासी, असोज १३ । नवलपरासीका विभिन्न धार्मिक शक्तिपीठहरुमा आज नवमीका दिन बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

जिल्लाको विशेषगरी मौलाकालिका, दाउन्ने र पाल्ही भगवती मन्दिरलगायतका शक्तिपीठमा दर्शनार्थीको घुइँचो लागेको हो ।

दशैँ शुरु भएदेखि नै जिल्लाका विभिन्न धार्मिक शक्तिपीठमा पूजाआजा र दर्शनका लागि दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ ।

विशेषगरी यतिबेला ती शक्तिपीठमा नेपालीसहित छिमेकी भारतीय दर्शनार्थीको समेत उल्लेखनीयरुपमा सहभागिता देख्न सकिन्छ ।

पारिवारिक सुख शान्तिसहित मनोकामना पूरा हुने आशामा दर्शनार्थी विभिन्न धार्मिक शक्तीपीठमा पूजाआजासहित दर्शनका लागि आउने गर्छन ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: