Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

माओवादीले संखुवासभाबाट व्यवसायी टासी शेर्पालाई संघीय संसदका लागि उम्मेदवार बनायो

काठमाडौं, असोज १३ । युवा व्यवसायी टासी शेर्पा आगामी मंसिरमा हुने निर्वाचनमा माओवादी केन्द्रबाट चुनावमा प्रतिस्पर्धा गर्ने भएका छन ।

चर्चीत पर्यटन व्यवसायी शेर्पा माओवादी केन्द्रका युवा नेता समेत हुन । शेर्पालाई माओवादी जिल्ला समिति संखुवासभाले आगामी मंसिरमा हुने प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फबाट उम्मेदवार बनाउने निर्णय गरेको हो ।

नेता शेर्पाले एउटा मात्र निर्वाचन क्षेत्र रहेको संखुवासभाबाट पार्टीले आफुलाई प्रतिनिधिसभाका लागी सर्वसम्मत उम्मेदवार सिफारीस गरेको बताए ।

उम्मेदवार सिफारीस भएपछि शेर्पाले सामाजिक संजाल फेसबुकमा पार्टीलाई धन्यबाद दिदै अबको फैसला संखुवासभाबासीको हातमा रहेको बताएका छन् ।

शेर्पाले सगरमाथासहित विश्वका अग्ला हिमालको आरोह समेत गरिसकेका छन् । उनको माओवादी केन्द्रसहित प्रमुख पार्टीका शिर्ष नेताहरुसंग सुमधुर सम्बन्ध समेत रहेको छ

कमेन्ट गर्नुहोस्

%d bloggers like this: