Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अचम्म- ५८ वर्षे यी पुरुषका छन १२० श्रीमती, २८ छोराछोरी

हामी नेपालीहरूको ज़स्तो सामाजिक परम्परा, बिहे गर्दा सकेसम्म परिवारको स्वीकृती माग़्नुपर्ने समाज, क़ानूनले बहुविवाह गर्न नपाइने ।

तर अचम्म लाग़्छ, यस्तो समाजमा एकजना थाई पुरुषले ५८ वर्षमा एक सय वीस जना महिलासँग बिहा गरेका छन । उनको दावी छ- कसैलाइ ढ़ाँटीन, पुरै बिधीविधानका साथ बिहे गरेको छू ।

उनका २८ छोराछोरी छन ।

उनले बताए अनुसार, सबै १ सय २० जना श्रीमतीहरुलाई एक अर्काको बारेमा थाहा छ । तर कसैले पनि कुनै समस्या उत्पन्न गरेका छैनन् ।

तम्बन प्रेजर्ट नामका थाइल्याण्डको नकोन प्रान्तस्थित फ्रामिनी जिल्लाका प्रमुख हुन् । स्थानीय मिडियाहरुमा उनको बारेमा खबर फैलिएपछि उनले आफुले अवैध रुपमा १ सय भन्दा बढि बिहे गरेको स्विकार गरेका छन् ।

उनी एक निर्माण व्यवसायका मालिक पनि हुन् । मिडियालार्य आफ्नै घरमा बोलाएर उनले आफुबारे स्पष्ट पारेका हुन ।

१७ वर्षको उमेरमा आफुभंदा जेठी महिलासँग उनको बिबाह भयो । “श्रीमती म भन्दा २ वर्ष जेठी थिइन् । हामीबाट ३ वटा बच्चा भए । त्यसपछि मेरो अरु धेरै महिलासँग सम्बन्ध गाँसियो । ती मध्ये सवैजसो २० वर्ष आसपासका तरुनी थिए ।” उनले भने, “मलाई पाका महिला मन पर्दैन, किनकी उनीहरु बढ़ी कचकच गर्दछन् ।”

तम्बनले निर्माण व्यवसाय सुरु गरेपछि उनलाई अनौठो लत लाग्यो । उनी जहाँ जहाँ घर बनाउँथे त्यहाँ त्यहाँ एकजना श्रीमती पनि बनाउँथे । उनी सगर्व यो कुरा भन्दछन् । आफुले आफ्ना सबै पत्नीलाई उत्तिकै माया गर्ने र अाफूलाई पनि उनीहरुले माया गरिरहेको उनको दाबी छ ।

उनले कुनै नयाँ महिलासँग बिहे गर्दा ढाँटछल गर्दैनन् । आफ्ना अन्य पत्नी र बच्चाबच्चीको बारेमा बताउँछन् । अनी आफ्ना पत्नीहरुलाई पनि आफुले नयाँ बिहे गर्न लागेको सूचित गर्दछन् ।

अचम्म त के थियो भने पत्रकारहरूसँग कुरा गर्दा उनकी सबैभंदा कांछी श्रीमती छेउमैं बसेकी थिइन । तर श्रीमानको अतीत थाहा पाऊँदा उनले कुनै अचम्म मानेको देखीएन ।

तम्बनका १ सय २० पत्नीमध्ये २२ जना त फ्रामनी जिल्लामा उनकै घरको आसपासमा बस्दै आएका छन् । अरु भने थाइल्याण्डका अन्य क्षेत्रमा बस्दछन् ।

उनलाई १ सय २० श्रीमती र २८ बच्चाबच्ची पाल्नका लागि कुनै दुख परेन । आफ्नो परिवारका सबै आवश्यकता पूरा गर्दै आएका छन् । घरबारवीहिन पत्नीहरुलाका लागि पनि घर बनाइदिए ।

तम्बनकी सबैभन्दा कान्छी पत्नी अहिले २७ वर्षकी छिन् । उनको नाम फोन हो ।

एजेन्सी

कमेन्ट गर्नुहोस्

%d bloggers like this: