जुवाको खालबाट डेढलाख नगदसहित एमालेका नेता पक्राउ

उदयपुर, असोज १४ । उदयपुरको सदरमुकाम गाईघाट बजार क्षेत्रबाट तास खेलिरहेको अवस्थामा वडा सदस्य सहित सात जना पक्राउ परेका छन ।

त्रियुगा नगरपालिका–११ स्थित होटल ए वान एलम्बरबाट शुक्रबार राती त्रियुगा नगरपालिका–११ का सदस्य विष्णुकुमार श्रेष्ठसहित सात जना पक्राउ परेका हुन ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख नवराज भट्टको कमाण्डमा खटि गएको प्रहरी टोलीले सर्च गर्ने क्रममा पक्राउ परेका प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुस  उदयपुरमा पैसा बाँडेको आरोप लागेका कांग्रेस उम्मेदवार रिहा, दलहरु एक अर्काको पिछा गर्दै

पक्राउ पर्नेहरुमा त्रियुगा नगरपालिका ११ का दुर्गाबहादुर श्रेष्ठ, सुरेश पराजुली, राजु तुलाधर, अरबिन खत्री, हिराकाजी राई, प्रमोद पोखरेल रहेका छन । पक्राउ परेका वडा सदस्य नेकपा एमालेबाट विजयी भएका हुन ।

होटलको तेस्रो तल्लामा हो हल्ला गरि तास खेलिरहेको अबस्थामा ५२ पत्ती तास र एक लाख ५६ हजार ४ सय ८५ नगदसमेत बरामद गरेको छ । यसअघि प्रहरीको सेटिङमा उक्त होटलमा जुवा तास खेलाईने गरेको सर्वसाधरणले आरोप लगाएका छन । प्रहरी प्रमुख नरबहादुर केसीको सेटिङमा जुवा तास खेलाईने गरेको थियो । उदयपुरमा प्रहरी प्रमुख परिवर्तनभएसँगै लागूऔषध, जुवातास, सार्वजनिक अपराधका घटनाहरुमा संलग्नहरु कानुनी दायरामा आएका छन ।

याे पनि पढ्नुस  विद्यार्थीको चाप बढेपछि सरकारी विद्यालयमा विद्यार्थी भर्ना बन्द

त्रियुगा नगरपालिका–११ ले जुवा तास रहित दशै मनाउनको लागि अभियान नै संचालन गरेको थियो । तर वडा सदस्यले दिनभर अभियान संचालन गरि जुवा तास नखेल्नु भन्ने तर राती राती आफै तास खेलिरहेको अवस्थामा पक्राउ परेकोमा त्रियुगा नगरवासी आश्चर्यमा परेका छन ।

कमेन्ट गर्नुहोस्