चौकीदारका छोरा आचार्य बालकृष्ण कसरी भए भारतका ८ औं धनाढ्य

काठमाडौं । एक अध्ययन अनुसार भारतीय कम्पनी पतञ्जली आयुर्बेदका कार्यकारी प्रमुख आचार्य बालकृष्ण भारतका आठौं धनाढ्य बनेको बताएको छ ।

चिनियाँ अनुसन्धान संस्थान ‘हुरन’ ले सन् २०१७ मा जारी गरेको भारतीय धनाढ्यहरुको सूचीमा उनी आठौं स्थानमा परेका छन्। गत वर्ष यही सूचीमा उनी २५ औं स्थानमा थिए।

एक वर्षमै उनको सम्पत्तिमा १७३ प्रतिशत वृद्धि भएर १ लाख १२ हजार करोड रुपैयाँ पुगेको बिबिसीमा उल्लेख छ।

‘हुरन’ का अनुसार बालकृष्णको सम्पत्ति तीव्ररुपमा बढ्नुमा नोटबन्दी र जीएसटीले मद्दत गरेको छ। नोटबन्दीले संगठित क्षेत्रमा सकारात्मक प्रभाव पारेको पनि संस्थानको भनाइ छ।

याे पनि पढ्नुस  नेपालमा 'आचार्यकुलम' स्थापना गर्दै आचार्य बालकृष्ण

‘हुरन’ को यस वर्षको भारतीय धनाढ्य सूचीको पहिलो स्थानमा सदा झैं मुकेश अम्बानी छन्। दोस्रोमा दिलीप सांघवी, तेस्रो एलएन मित्तल, चौथो शिव नादर, पाँचौं अजिम प्रेमजी, छैठौं साइरस एस पुनावाला, सातौं गौतम अडाणी, आठौं बालकृष्ण आचार्य, नवौं उदय कोटक र दसौंमा सुनील मित्तल छन्।

यी सबैमध्ये बालकृष्णको सम्पत्ति वृद्धि दोब्बरभन्दा बढी प्रतिशतले भएको देखाइएको छ।

४५ वर्षीय बालकृष्ण फोर्ब्स पत्रिकाले जारी गरेको विश्वकै धनाढ्य सूचीको ८१४ औं स्थानमा थिए। गत वर्ष फोर्ब्सकै भारतीय १०० धनाढ्य सूचीमा उनी ४८ औं स्थानमा थिए।

याे पनि पढ्नुस  बालकृष्ण ढुंगेललार्इ कहिलेसम्म हुन सक्छ जेल सजाय ? अभियोग यस्ताे छ

बालकृष्ण पतन्जलीका सिइओ भए पनि उनले कुनै तलब नलिने दावी गर्दै आएका छन्। कम्पनीमा ९४ प्रतिशत उनको हिस्सा भएको बताइन्छ। पतन्जली पछिल्ला वर्ष निकै फाइदामा चलिरहेको कम्पनी हो र यसले भारतमा विदेशी कम्पनीलाई समेत टक्कर दिइसकेको छ।

विसं २०२९ साल साउन १९ गते जन्मिएका उनको पुर्ख्यौली घर नेपाल हो। स्याङ्जा घर भएका उनका बुबा जयबल्लभ कामका सिलसिलामा भारतको हरिद्वार बसेका बेला त्यहीं बालकृष्णको जन्म भएको थियो। आफ्ना बाबुले भारतमा चौकीदारीसहित विभिन्न मजदुरी गरेको बालकृष्णले बताएका छन्।

याे पनि पढ्नुस  नेपालमा 'आचार्यकुलम' स्थापना गर्दै आचार्य बालकृष्ण

उनले पाँच कक्षासम्म स्याङ्जाको वालिङ, काफलडाँडास्थित तेज प्रगति प्राथमिक विद्यालय पढेका थिए। १३ वर्षमा उनी घर छोडेर फेरि हरिद्वार पुगेका थिए।

आयुर्वेदमा विज्ञता हासिल गरेका बालकृष्ण सुवेदी पछि आयुर्वेद शिरोमणि हुँदै आचार्य बालकृष्ण बनेका हुन्।

उनका अनुसार सन् १९८८ मा हरियाणाको खानपुरमा गुरुकूलमा अध्ययन गर्दादेखि योगगुरु रामदेवसँग गहिरो मित्रता हो। सन् १९९५ मा दुवै मिलेर ‘दिव्य फार्मेसी’ र २००६ मा पतन्जली आयुर्वेद स्थापना गरेका हुन्।

कमेन्ट गर्नुहोस्