Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

दशैंको टीकापछि डा बाबुरामले भने, ‘नेपाल हाम्रै पालामा समृद्ध बनोस्’

काठमाडौं, असोज १४ । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई बुबा भोजप्रसाद भट्टराईले दशैंको टीका लगाई दिएका छन । साथैउनकी पत्नी एवं नेतृ हिसिला यमीले पनि ससुराको हातबाट टीका लगाएकी छन ।

दशैंको साइतमै टीका लगाउँदै नेता भट्टराईले दशैंले सम्पूर्ण देशबासीमा शुभेच्क्षाको कामना गरेका छन ।

दशैंको टिका लगाएको तस्बिर सामाजिक सञ्जाल फेसबुमा पोष्ट गर्दै डा भट्टराईले लेखेका छन, ‘दशैंको टीका ग्रहण, हामी सबैको भलो होस्, देश र जनताको भलो होस्, नेपाल हाम्रै पालामा समृद्ध बनोस् ।’

कमेन्ट गर्नुहोस्

%d bloggers like this: