भौतिकशास्त्रतर्फको नोवेल पुरस्कार तीन अमेरिकी वैज्ञानिकलाई

काठमाडौं । यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकाका तीन जना वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ ।

वैज्ञानिकहरु जेफ्रे हल, माइकल रोश्बास र माइकल योङलाई संयुक्त रुपमा भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको हो । उनीहरुले शरीरले समय बताउने, बडी क्लकको रहस्य पत्ता लगाएका थिए ।

याे पनि पढ्नुस  अमेरिकामा नेपाली डायस्पोरा लगानी कोष (एनडिआईएफ) कम्पनी संचालनमा

उनीहरुले शरीरले पृथ्वीको चालअनुसार आफुलाई ढाल्दै लैजाने र शरीरले आफ्नो क्रियाकलापलाई बृहत्त रुपमा परिवर्तन गर्ने रहस्योद्घाटन गरेका हुन् ।

उक्त खोजले मानिसको स्वास्थ्य र चालचलनमा ठूलो प्रभाव पार्नसक्ने ठहर गर्दै नोबेल पुरस्कार कमिटीले उनीहरुलाई संयुक्त रुपमा पुरस्कार प्रदान गर्ने निर्णय गरेको बताइएको छ ।

याे पनि पढ्नुस  नोबेल पुरस्कारमाथि यौन-काण्डको छायाँ, रोकियो साहित्य तर्फको नोबेल पुरस्कार

कमेन्ट गर्नुहोस्