काठमाडौं, असोज १७ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच आगामी प्रतिनिधि र प्रदेशसभा चुनावमा तालमेल गर्ने र त्यसपछि पार्टी एकता गर्ने गरी ६ बुँदे सहमति भएको छ ।तीन दलका अध्यक्षले सहमतिलाई ऐतिहासिक भनेका छन् ।
सहमतिपत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले हस्ताक्षर गरेका छन् ।
तीन दलले अन्य कम्युनिष्ट तथा वामपन्थी पार्टीलाई एकीकरणमा आउन आहृवानसमेत गरेका छन् ।
यस्तो छ हस्ताक्षार गरिएको सहमति पत्र: