बाहुबलीका प्रभास र अनुष्काबीच विवाह

एजेन्सी, असोज १८ । ‘बाहुबली द कनक्लूजन’का रिल जोडी प्रभास र अनुष्का शेट्टी अब छिट्ट रियल जोडीमा बन्ने भएका हुन अर्थात उनीहरुले अब छिट्टै विवाह गर्ने भएका छन ।

बलिउडमा सुपरडुपर भएको बाहुबली र बाहुबली द कनक्लूजनको अपार सफलतापछि रिल जोडी ३७ वर्षीय प्रभास र ३५ वर्षीया अनुष्का शेट्टीबीच आगामी डिसेम्बरमा विवाह हुने भएको छ ।

याे पनि पढ्नुस  यी चर्चित कलाकार जो बाल्यकालदेखि अहिलेसम्म उस्तै देखिन्छ, फोटोफिचर

यसअघि उनीबीचको सम्बन्धका बारेमा बाहिर चर्चा परिचर्चा वा शंका गरिए उनीहरु भने त्यस विषयमा मौन थिए । उनका फ्यानहरुको शंका भने अब सही सावित हुने भएको छ ।

दक्षिण एशियाली फिल्म म्यागेजिनका फिल्म तथा फेसन क्रिटिक्स उमेर सन्धूले उक्त कुराको खुलासा गरेका हुन ।

याे पनि पढ्नुस  यी चर्चित कलाकार जो बाल्यकालदेखि अहिलेसम्म उस्तै देखिन्छ, फोटोफिचर

उमेरले सामाजिक सञ्जाल ट्वीटर मार्फत उनीहरु बीचको प्रेम सम्बन्धका बारेमा खुलासा गरेका हुन ।

कमेन्ट गर्नुहोस्