५ नं. प्रदेशको मुख्यमन्त्रीमा गोकर्ण विष्टको दावी, गुल्मी–२ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार सिफारिस

गुल्मी, असोज १९ । नेकपा एमालेका सचिव एवम सांसद गोकर्ण विष्ट गुल्मी क्षेत्र नम्वर २ बाट प्रतिनिधीसभा सदस्यको उम्मेदवारका लागि सर्वसम्मत सिफारिश भएका छन् । एमाले जिल्ला कमिटी गुल्मीले दिएको जानकारी अनुसार पूर्व उर्जामन्त्री समेत रहेका बिष्ट २ नम्बरबाट सर्वसम्मत सिफारिस भएका हुन ।

याे पनि पढ्नुस  ढकालद्वारा ज्ञानोदयलाई जग्गा प्रदान

दोस्रो संविधानसभामा अत्यधिक बहुमतले विजयी विष्टलाई ५ नम्वर प्रदेशको मुख्यमन्त्रीको दावेदारको रुपमा समेत चर्चा गरिएको छ । लोकप्रिय नेताको छवि बनाएका विष्टले मुख्यमन्त्रीको टिकट पाउने आंकलनका बीच उनको नाम केन्द्रिय संसदका लागि सिफारिस गरिएको छ ।

एमालेको मोर्चा विभाग प्रमुख समेत रहेका नेता विष्टले मुख्यमन्त्री हुने विषयमा औपचारिक धारणा भने सार्वजनिक गरेका छैनन् । ‘म पार्टीले दिने जुनसुकै भूमिकाका लागि तयार छु’, विष्टले भने, ‘पार्टीको आधिकारिक निर्णय आउन दिनोस ।’

याे पनि पढ्नुस  गुल्मीमा कांग्रेस दुई र एमाले तीन स्थानबाट विजयी

यता, प्रदेश र प्रतिनिधीसभा चुनावका लागि माओवादी केन्द्र र नयाँ शक्ति नेपालसँग चुनाबी तालमेलसँगै वाम एकतामा सहमति गरेका तीन दलबीच ५ नम्बर   प्रदेश कसकाे भागमा पर्छ त्याे भने अाउन बाँकी छ ।

कमेन्ट गर्नुहोस्