बुधबार साँझदेखि बन्द सिद्धार्थ राजमार्ग हुँदा यात्रुलाई सास्ती

काठमाडौं, असोज १९ । पहिरो खस्ने डरले बुधबार बेलुका ८ बजेदेखि सवारीसाधन बन्द गरिएको सिद्धार्थ राजमार्गमा पुनः ठूलो पहिरो खसेर सवारीसाधन सञ्चालन अवरुद्ध भएको छ ।

राजमार्गको तानसेन–वुटवल सडक खण्ड अन्तर्गत तिनाउ गाउँपालिकाको दोभान र सिद्धबाबाको बीचमा ठूलो ढुंगासहित बिहीबार बिहान ३ बजेतिर पहिरो खसेपछि बाटो अवरुद्ध भएको छ ।

याे पनि पढ्नुस  तात्यो मुस्लिम बस्तीमा चुनावी माहोल, आफ्नै समुदायबाट जिताउने लक्ष्य

दोभान प्रहरी चौकीदेखि केही पर राजमार्ग बन्द हुनेगरी ठूलो पहिरो खसेको छ । पहिरो खस्ने क्रम नरोकिएकाले पहिरो पन्छाउन सुरु गर्न नसकिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रविण आचार्यले बताए ।

सडकमा ठूला–ठूला ढुंगासहितको पहिरो खसेको छ । सिद्धार्थ राजमार्ग अवरुद्ध हुँदा बुटवलबाट पोखरा, स्याङजा, गुल्मी, अर्घाखाँची, बाग्लुङसम्म जाने यात्रु साथै र त्यसतर्फवाट बुटवल, भैरहवातर्फ जाने सवारीसाधन र यात्रु बाटोमै अलपत्र परेका छन् ।

याे पनि पढ्नुस  सामाजिक सुरक्षा भत्ताको १७ लाखको चेक बोकेर सचिव बेपत्ता

एक सातादेखि नियमति यातायात सञ्चालन नहुँदा यात्रुहरुले सास्ती खेप्नु परेको छ । दोभानदेखि सिद्दबाबा क्षेत्रमा पानी पर्दा र घाम लाग्दा पनि दिनहुँ खस्ने पहिरोले राजमार्ग अवरुद्ध हुने गरेको छ । यही क्षेत्रमा केही दिनअघि कार र ट्रक पुरिने गरी पहिरो खसेको थियो ।

याे पनि पढ्नुस  सदरमुकाममा पाँच स्थानमा पहिरो

कमेन्ट गर्नुहोस्