काठमाडौं, असोज १९ । चिकित्सा शिक्षा सुधारको माग राख्दै १२ औं पटक अनशन बसिसकेका त्रिविका प्राध्यापक डा गोविन्द केसी आजबाट फेरि आमरण अनशन शुरु गर्दै छन ।
यसअघि असोज ९ गते १२ औं पटक अनशन बसेका डा. केसीले दशैंको समय परेकाले ३ दिनमा नै स्थगित गरेका थिए। उक्त स्थगित अनसन बिहीबारदेखि पुन सुरु गर्न लागेका केसीका सहयोगी डा. अभिषेक सिहंले जानकारी दिए।
बिहीबार साँझ ४.३० बजेदेखि पुनः सुरु गर्ने बताइएको छ । डा. केसीले केदारभक्त माथेमा कार्यदलको सुझाव समेटेर चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने मुख्य माग राखेका छन्।
डा. केसीले आफ्नो मागबारे दशैंको नवमीको दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर १७ बुँदे सुझाव समेत बुझाएका थिए।