सुख्खा पहिरोको सास्ती वाहेक शान्तिपुर्ण रह्यो गुल्मीको दशैं

प्रेम सुनार

गुल्मी, असोज २१ । भंगेरीको सुख्खा पहिरो र सिद्धबाबाको पनि सुख्खा पहिरोले दशंैका यात्रुहरुलाई पुराएको सास्ती बाहेक यसपालि गुल्मी जिल्लाभित्रको दशैं एकदमै सभ्य, शान्ति र सद्भावपूर्ण रह्यो ।

सुख्खा पहिरो प्रकृतिको सावाधानी घण्टी

दशंैको मुखमा गुल्मी र बुटवलको दुवै प्रवेशद्धारमा सुख्खा पहिरो गएर विपद् पुर्याउनु भनेको भोलिका दिनलाई सजगता अपनाउन प्रकृतिले नै सावधानीको घण्टी बजाउनु हो ।

यस सडकखण्डले सयौंको ज्यान लियो । अब अति भयो यस सडकलाई उपभोग गर्ने मानवहरु हो, अब वैकल्पिक सडक हिड् भनेर भनेको छ प्रकृतिले नै । गुल्मीले मात्र होइन पाल्पाले समेत बुटवल छिर्ने वैकल्पिक मार्ग खोज्नैपर्ने बेला आएको छ ।

सालझण्डी खज्र्याङ्ग र ढोरपाटन लगायत पछिल्लो चरण विभिन्न स्थानमा खोलिएका सडक खण्डलाई छिटोभन्दा छिटो सम्पन्न गर्न बुटवल तानसेन तम्घास सडकखण्डले पहिलेदेखि मानिसहरुको ज्यान लिएर सजग गराइसकेको छ । अब ढिला नगरौं वैकल्पिक मार्ग खोज्न ।

जुन सडकका कारण यसपालिको दशैं लाखांै गुल्मेलीहरुलाई सास्तीपूर्ण र बढी खर्चिलो बनाइदियो । धेरैजस्ता मानिसहरुले अड्कलेको खर्चले दशंै मनाउन सकेनन् । बीच बाटोमै दुई–तीन दिन होटल बास बसेर खर्च बढाउन बाध्य भए ।

कतै रिजर्र्भ गाडी, दोब्बर तेब्बर भाडा असुलीबाट कतिपय मानिसहरु बेखर्ची भएको गुनासो समेत गरे । दशंै मानेर फर्किदैं गरेका कैयौं गुल्मेलीहरुले भाडा खर्च सापटी मागेर हिँडेको बताउँदै थिए ।

दशैं भने सभ्य र शान्तिपुर्ण

सबैभन्दा पहिला सुरु गरौं विगतका दशैंमा डरलाग्दा घटना घट्ने धुर्कोट गाउँपालिका अन्तर्गत साविकका गाविसभित्र रहेका कोट मन्दिरहरुको सराएँ नाच ।
विगतमा त्यहाँका कुनै न कुनै स्थानमा कुटपिट घटना नभएको कुनै वर्षको दशंै हुँदैनथ्यो । साविकको नयाँ गाउँ गाविसमा एकवर्षको दशैंमा सुरक्षामा खटिएका प्रहरीको समेत स्थानीयले ज्यान लिएका थिए ।

कहिले वस्तुको कुटपिट काण्ड, कहिले जैसीथोक, पिपलधारा र कहिले धुर्कोट स्थलको सराएँ नाचमा हुने कुटपिट काण्डले वस्तु त्यहाँका विभिन्न प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय समेत छलफलका लागि यतिबेला मानिसहरु भरिभराउ हुन्थे ।

स्थानीय प्रहरीले गाडी नपाएर हिँडाएर झगडालुहरुलाई ल्याउँथे । तर, यसपालिका दशंैमा त्यहाँका कुनै कोटमन्दिरमा हुलदंङ्गा भएन । निकै शान्त र सद्भावपुर्ण ढंगले धुर्कोट गाउँपालिकाभित्रका कोटमन्दिरहरुमा पुर्जा आराधान र सराएँ नाच सम्पन्न भयो ।

याे पनि पढ्नुस  पुनः जीवित भए झलकमान गन्धर्व

यसो हुनुमा पहिलो कारण त स्थानीय सरकारको मातहतमा नागरिक हुनु देखिन्छ । दोश्रो कारण मदिरा नियन्त्रण र तेश्रो कारण नागरिकमा शिक्षा संगै सभ्यताको विकास प्रष्ट देखिन्छ ।

धुर्कोट गाउँपालिकाले साँझमा जम्मा दुई घण्टामात्रै मदिरा बेचविखन गर्न पाउने अन्य समयमा बेचविखन गरे कारबाही गर्ने जुन नियम वसाल्यो त्यसले दशंै आउनुअघि नै राम्रो प्रभाव पारेको थियो ।

त्यसको थप सकरात्मक सन्देश यसपालीको शान्त र सद्भावपुर्ण धुर्कोटको दशैले दिएको छ । धुर्कोटका प्रत्येक वडाका जनप्रतिनिधीहरुले शान्ति र सद्भावपुर्ण दशंै मनाउनका लागि नेतृत्यदायी भूमिका निभाएको परिणाम पनि हो यो ।

गाउँपालिका प्रमुख भुपाल पोखरेल र उपप्रमुख शिवबहादुर खत्री, अष्टमीको दिन देखि सराएँ नाचको दिनसम्म धुर्कोटको सबैभन्दा ऐतिहासिक कोट मन्दिरमै थिए । दुई प्रमुख र उपप्रमुखहरु अंकमाल गरेर सराएँमा झुमेको दृश्यले न्यानो भाईचाराको सन्देश छरिरहेको थियो ।

विगतमा राजनैतिक कारणबाट पनि झैझगडा निम्तिने गर्दथ्यो । तर यसपालि कुनै कोटमन्दिरमा कुनै खाले तिक्तता देखिएन । सबै वडाध्यक्ष र अन्य जनप्रतिनिधीहरुले आ–आफ्नो स्थान बाटोघाटो मर्मत र सरफाईमा अगुवाई गरेका थिए ।

वडा नं.७ वाग्लाका वडाध्यक्ष हिमप्रसाद पन्थी भन्छन्– ‘यसपालिको दशै बेग्लै रौनकका साथ मनाईयो । दशै अघिसम्म पनि बाटोघाटो मर्मत–सम्भारमै थियौ, अहिले दशैं सकिएर पनि विकास निर्माण स्थलमै खटिएको उनले बताए ।

उनको अनुसार त्यहाँको ईस्वरी कोट, भगवती कोट, मठमन्दिर, जाओन्नेमा मन्दिर, आप्रा र फुलवारीको मन्दिरमा शान्तिपुर्ण रुपमा पुजा सञ्चालन र सराएँ नाच सम्पन्न भएको छ ।

वस्तुका वडाध्यक्ष ढुण्डीराज भण्डारीले पनि त्यहाँको कालिका मन्दिरमा यसपालिको सराएँ नाच लामो समयसम्म शान्ति र सदभावपुर्ण रुपमा मनाईएको बताए । अन्य वडाका अध्यक्षहरुले पनि कुनै पनि स्थानमा झैझगडा नभएको जानकारी दिए ।

यसमा सवै जनप्रतिनिधि र त्यहाँ रहेका प्रहरी चौकीका प्रहरीहरुको भुमिका अंहम रहेको धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले बताए । मदिरा नियन्त्रणको अभियानले पनि सभ्य र शान्तिपुर्ण दशैं हुन पुगेको उनको ठम्याँई छ ।

याे पनि पढ्नुस  गुल्मी दरवारमा नेपाली काँग्रेस विजयी

जिल्लाभरमा पनि शान्तिपुर्ण दशै

त्यसो त जिल्लाभरी नै यसपालिका दशै शान्तिपुर्ण रह्यो । हस्तीचौरको तरिखर्कमा भएको सराएँ नाचको कुटपिट घटना बाहेक अन्यत्र कतैबाट झैझगडाको रिर्पोट नआएको जिल्ला प्रहरी कायाृलयका प्रवत्ता गंगाबहादुर थापाले बताए ।

तरिखर्कमा भएको सराएँ नाचसँग त्यहाँको कुटपिट घटना नजोडिने उनको भनाई छ । एक जना तराई मुलका ब्यापारीलाई स्थानियले आक्रमण गर्न आँटेको बेला उनीहरुलाई जोगाउन खोज्ने केही युवाहरुलाई त्यहाँका केही मानिसहरुले आक्रमण गरेपछि गम्भीर घाइते बनाएका छन् ।

आक्रमण गर्ने सवैजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसबाहेक अन्यत्र कतै झगडा नहुनुलाई प्रहरी सक्रियतालाई पनि जनप्रतिनिधीहरुले धन्यवाद दिएका छन् । ईस्मा गाउँपालिका थुप्रै स्थानमा झैझगडा हुन्थे ।

मालिका, मदाने, मुसिकोट, चन्द्रकोट, सत्यवती, कालिगण्डी, छत्रकोट, गुल्मी दरबार रेसुङ्गा नगरपालिका भित्रका कोट मन्दिरहरुमा सामन्य विवाद समेत नभएको त्यहाँका जनप्रतिनिधिहरुले बताए ।

प्रहरी प्रवत्ता थापाका अनुसार विगतका दशैंमा हुने घटनालाई अध्ययन गरी जिल्ला प्रहरी कार्यालयले त्यही अनुसारको गस्ती र सुरक्षा तयारी १५ दिन अघिदेखि गरेको थियो । प्रत्येक सराएँ नाच र पुजा व्यवस्थापन समितिसँग जिल्ला प्रहरी कार्यालय नियमित सम्पर्कमा रहेर प्रहरी तत्काल परिचालनको व्यवस्था मिलाएकोले पनि यसपालिको दशै शान्पिुर्ण हुन पुगेको प्रहरी प्रवक्ता थापाको ठम्याई छ ।

विगतका दशै घटनालाई नियाल्ने हो भने यसपालिको दशै शान्तिपुर्ण रहेको जिल्ला प्रहरी कार्यालय र जनप्रतिनिधिहरुको भनाई छ । देशकै मुखमा नयाँ प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालय कार्यभार सम्हाल्न आएका थिए ।

उनी कार्यभार सम्हाल्न आएकै दिन पहिला भंगेरीको सुख्खा पहिरोले दशैका यात्रुहरुलाई पुराएको सास्ती अनुगमनमा पुगेका थिए । तत्कालैबाट उनले गौडाकोट रेसुङ्गा तम्घासको बैकल्पीक सडक सुचारु गराएका थिए ।

दशंैमा शान्ति सुरक्षामा कुनै आँच नपुगेको र आगामी दिनमा पनि पर्न नदिने उनले पत्रकार भेटघाट कार्यक्रममा बताएका छन् ।

जनता आफैँ पनि सचेत र सभ्य

केही वर्षअघिसम्म विशेषगरी दलित र जनजाति बस्तीहरुमा कहिले दिउँसै त कहिले रातको समयमा महिलाहरु श्रीमानको कुटाईबाट बच्न गुहार मागेर चिच्चाएको सुनिथ्यो देशैभर । कतिपय दलित बस्तीमा बाटैमा दिशा पिशावको दर्गन्धले हिड्न समेत सकिदैनथ्यो ।

याे पनि पढ्नुस  थला परेका रानालाई अमेरिकाबाट सहयोग

बालिबालिकाले आँगन र दलानमा दिसापिसाब गरेर घरमा पस्न पनि सिकसिको लाग्ने गर्दथ्यो । मासु काट्ने स्थानमा कुटाकुट हुने । बढी मात्रामा भैँसीको मासु भित्राएर घर दुर्गन्धित बनाउने गरेको देखिन्थ्यो । तर केही वर्षयताको दशैँ दलित बस्तीहरुमा गएर नियाल्दा समुदायगत हिजोको भिन्नता छुटाउन नसक्ने अवस्था देखियो । बाटोदेखि घर आँगन अन्य समुदायको भन्दा के कमको प्रतिस्पर्धा देखियो ।

भित्रपनि सुत्ने कोठा अलग अलग बनाएर शहरिया सैलीमा सजावट गरेको पाईयो । जाँडरक्सीझै झगडाले आक्रान्त हुन्थे छिमेकी अन्य समुदायका मानिसहरु । कोही बाटैमा मरेतुल्य भएर लडेको देखिन्थ्यो ।

तर अहिले दलित वस्तीमा यस्ता दृश्यहरु देखिएन । लवाईखवाईदेखि अन्य सबै कुरामा अन्य समुदायको दाँजोमा दलित समुदाय पुग्नु भनेको शिक्षा र आर्थिकरुपले जीवनस्तरमा सुधार आएको प्रष्ट बुझ्न सकिन्छ ।

वैदेशिक रोजगार, राज्यका विभिन्न निकायमा त्यो समुदायको सहभागिताले जीवनस्तरमा सुधार भएकै हो । हिजो राँगा भैसी ढलाउने दलित समुदाय अहिले अधिकांशले आफै खसीबोका एक्लै ढलाउन थालेको पाईयो ।

अहिले पनि स–साना खरका झुपडी, खुल्ला शौचालय दलित समुदायको सांकेतिक परिचय हुने गर्दछ । अहिले त्यसमा कमी आएको देखियो । त्यो दृश्यलाई हटाउने अभियान धुर्कोट र ईस्मा गाउँपालिकाले सुरु गरिसकेका छन् ।

यो अभियानलाई अन्य पालिकाहरुले पनि तिव्रता दिए अबको केही वर्षमा वस्तीले कुनै एकदेखि अर्को समुदायको परिचय दिन छाड्ने देखिन्छ । दशैका बेला एकदेखि अर्को घरमा बिना आमन्त्रण जाने क्रम पनि रोकिएको पाईयो ।

भाग माग्न जानेजस्ता कुराहरुले दलितहरुलाई दरिद्रजस्तै बनाएको थियो । त्यो चलन पनि एकदम कम हुँदै गएको देखियो । समग्रमा पछाडि परेको वर्ग समुदाय आत्मनिर्भर र सभ्य हुँदैछ । यो गतिलाई अझ तीव्र पार्नु जनप्रतिनिधी र राज्यका सम्बद्ध सबै निकायले पहिलो प्राथमिकतामा राख्न सके भोलिका दिनमा एकनासको बस्ती, एकनासको सभ्यता र प्राय एकैनासको आर्थिक अवस्था पनि देख्न सकिने यसपालीको दशै चहलपहलबाट अनुभुत गर्न सकियो ।

कमेन्ट गर्नुहोस्