पार्टी एकताले दिल्ली, बेइजिङदेखि ह्वाटहाउसमा भुइँचालो : महरा

काठमाडौं, असोज २१ । नेकपा माओवादीका नेता कृष्णबहादुर महराले वामपन्थी एकताले दिल्ली, बेइजिङदेखि ह्वाटहाउसमा भुइँचालो गएको बताए ।

पार्टीको केन्द्रीय राजनीतिक प्रशिक्षणमा बोल्दै माओवादी नेता एवमे परराष्ट्रमन्त्री महराले, ‘वाम एकताले विश्वभर नै तरङ्ग पैदा गरेको छ।’ उनले आफूले परराष्ट्र मन्त्रलयमार्फत विश्वमा उत्पन्न गरेको तरङ्गका बारेमा जानकारी आइरहेको समेत बताए।

पार्टी एकता गर्नुअधि धेरै विषयमा छलफल गर्न आवश्यक रहेको भन्दै उनले मुख्य छलफल माओवाद र विचारधारका बारेमा हुने बताए। ‘हामीले माओवाद भन्दै आइरहेका छौँ, एमालेले माओविचार भन्छ’, महराले भने, ‘अब कि त हामीले माओवाद छाड्नु पर्‍यो, कि त एमालेले स्वीकार गर्नुपर्‍यो।’

कमेन्ट गर्नुहोस्