अनन्तराम केसीले राखे ‘लंगेस्ट स्पिच म्याराथन’को विश्व किर्तिमान

नेपालका अनन्तराम केसीले सबभन्दा लामो प्रवचन दिएर विश्व किर्तिमान कायम गरेका छन् । यसअघि भारतको गुजरातका आश्विन सुंडाईको नाममा रहेको ‘लंगेस्ट स्पिच म्याराथन’को विश्व किर्तिमान भंग गर्दै नेपालका केसीले नयाँ किर्तिमान बनाएका हुन् ।

उत्प्रेरक बक्ता समेत रहेका केसीले लगातार ८० घण्टा ४ मिनेट प्रवचन दिएर भारतका सुंडाईको नाम रहेको ७५ घण्टा ३२ मिनेटको ‘लंगेस्ट स्पिच म्याराथन’को रेकर्ड तोडेका छन् ।

याे पनि पढ्नुस  विश्व कीर्तिमान बनाउन ५४ घण्टादेखि लगातार भाषण गर्दै अनन्तराम

उनले यहि असोज १९ गते बिहिबार बिहान ६ः५८ देखि २२ गते आईतबार दिउँसो ३ः०२ सम्म योग, अध्यात्म, उत्पेरणामा केन्द्रीत रहेर प्रवचन दिएका थिए ।
केसीले आफ्नो किर्तिमानीमा सिंगो देशले नै गौरव गर्नुपर्ने बताए । किर्तिमानी कार्यक्रमको गिनिज बुक अफ वल्र्ड रेकर्डका प्रतिनिधिले अवलोकन र भिडियो रेकर्ड गरेका छन् ।

याे पनि पढ्नुस  विश्व कीर्तिमान बनाउन ५४ घण्टादेखि लगातार भाषण गर्दै अनन्तराम

किर्तिमानी भंग गरेको विवरण र भिडियो गिनिज बुक अफ रेकर्ड समितिमा पठाईसकिएको कार्यक्रम संयोजन गरेको लायन्स क्लब काठमाडौं बिहानीका अध्यक्ष नारायण रिजालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्