नेपाल आज ताजकिस्तानसँग भिड्दै

काठमाडौं, असोज २४ । एसिया कप २०१९ को छनौटका लागि नेपाल आज ताजकिस्तानसँग खेल्दैछ । यो नेपालको चौथों खेल हो ।

नेपाली समय अनुसार खेल साझ पौने ७ बजे ताजकिस्तानको घरेलु मैदान हसोर रंगशालामा सुरु हुनेछ ।

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ग्योटुकी कोजीले आजको खेल जित्दै तीन अंक थपेर स्वदेश फर्किने उद्देश्य रहेको बताएका छन् ।

याे पनि पढ्नुस  नेपाल-भारत सीमा नाका एक साताका लागि बन्द

आजको खेल हारेमा नेपालको शीर्ष दुईमा परेर एसिया कपमा छनौट हुने संभावना अधुरो रहने छ ।

चार टिम सहभागी समूह ‘एफ’ मा तीन खेलबाट एक अंकमात्र जोडेको नेपाल खंक तालिकामा पुछारमा छ । एक महिनाअघि एन्फा कम्लेक्स सातदोबाटो ललितपुरमा भएको खेलमा नेपाललाई हराएको ताजकिस्तान तीन अंकसहित तेश्रो स्थानमा छन् ।

याे पनि पढ्नुस  नेपाललार्इ पहिलो सफलता, युएइकाे पहिलाे विकेट पतन

समूहको शीर्षस्थानमा सात अंकसहित फिलिपिन्स पहिलो स्थानमा र पाँच अंकसहित यमन दोश्रो स्थानमा छन् । आजको खेलपछि नेपालले फिलिपिन्ससँग काठमाडौंमा र यमनसँग उसकै मैदानमा खेल खेल्ने छ ।

कमेन्ट गर्नुहोस्