हत्याकाे विराेधमा निर्माण व्यवसायी महासंघद्वारा आन्दोलन घोषणा

काठमाडौं, असोज २५ । नेपाल निर्माण व्यवसायी महासंघले अाफ्ना अध्यक्ष शरदकुमार गौचनको हत्यारा पत्ता नलागेसम्म कुनैपनि बोलपत्रमा सहभागी नहुने जनाएको छ ।

महासंघले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी हत्या भएको ४८ घन्टासम्म पनि हत्यारा पत्ता नलाग्नु गृह प्रशासनको ठूलो कमजोरी रहेको जनाएको छ ।

याे पनि पढ्नुस  ओलीले गरे श्रीमतीको हत्या

महासंघले अध्यक्ष गौचनको हत्याको विरोध एवं हत्यारा पत्ता लगाउन दबाब दिन आन्दोलनको घोषणा पनि गरेको छ । महासंघले असोज २६ गते उपत्यकाको माइतीघरमन्डला, कोटेश्वर र कुपन्डोलमा बिहान ९ देखि १० बजेसम्म चक्काजाम गर्ने जनाएको छ ।

यस्तै, असोज २७ गते देशभरका राजमार्गमा बिहान १० देखि ११ बजेसम्म चक्काजाम गर्ने घोषणा गरेको छ । हत्यारा पत्ता नलागेसम्म देशभरका निर्माण व्यवसायीहरु कुनैपनि बोलपत्रमा सहभागी नहुने भएका छन् ।

याे पनि पढ्नुस  मटितेल खन्याइ आगोले झोसेर पत्नीको हत्या

साथै, राष्ट्रिय गौरवका आयोजनाहरु गल्छी सडक, रानी–जमरा, सिक्टा, विराटनगर–रानी सडक, मध्यपहाडी सडकलगायत देशभरका अरु ठूला आयोजनाहरुको काम ठप्प पारेको महासंघले जनाएको छ ।

हत्यारा पत्ता नलागे उपत्यका बन्द, नेपाल बन्दलगायतका कडा आन्दोलन गर्न बाध्य हुनेसमेत महासंघले चेतावनी दिएको छ ।

याे पनि पढ्नुस  बकपत्र दिने तयारीमा रहेका साक्षीको अघिल्लै रात हत्या

कमेन्ट गर्नुहोस्