विद्यार्थीहरुको सहयोगमा विद्यालयमा शौचालय निर्माण

बझाङ, असोज २६ । विद्यालयमा शौचालयको अभाव भएपछि छात्राहरु मिलेर शौचालय निर्माण गरेका छन् । छविसपाथिभेरा गाउँपालिका–६ मा रहेको मजखोरी माध्यमिक विद्यालयका छात्राले ढुङ्गा, काठ र पानी आधा घण्टा टाढाको बाटोबाट आफैँले बोकेर आफ्नै खर्चमा शौचालय निर्माण गरेकी हुन् ।

याे पनि पढ्नुस  भूकम्पले भत्किएको पुनःनिर्माणपछि विद्यालय भवन हस्तान्तरण

विद्यालयमा छात्रछात्राका लागि एउटै मात्र शौचालय रहेकाले अलग्गै शौचालय नहुँदा दिनैपिच्छे छात्र र छात्राको झगडा भइरहने गरेको थियो । कति जना दिदीले त विवाद बढ्दै गएपछि विद्यालय नै छोडे, महिनावारी भएको समयमा त पाँच दिनसम्म विद्यालयमा आउनै छोड्ने गरेको कक्षा ९ की मनिसा धामीले बताए ।

याे पनि पढ्नुस  जानकी आधारभूत विद्यालयमा छात्रवृत्ति

गाउँ निकै विकट भएकाले शिक्षा कार्यालयबाट अनुगमन गर्न पनि कोही नआउने गरेको, शौचालयका लागि आएको रकम कहाँ जान्छ थाहा छैन छात्राको समस्या शिक्षकले नबुझेपछि निकै समस्या भएको छात्राहरु बताउँछन् । विद्यालयमा दलित सहयोग समाजले व्यवहार परिर्वतन अन्तर्गत किशोर–किशोरी समूह गठन गरी विभिन्न खाले तालीम दिएपछि हाम्रो आँखा खुले र शौचालय निर्माण गरिएको छात्रा बताउँछन् ।

कमेन्ट गर्नुहोस्