पाल्पामा एकलाख ८१ हजार मतदाता

पाल्पा, असोज २६ । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाल्पामा एक लाख ८१ हजार २४६ मतदाता सहभागी हुँदैछन् ।

ती मध्ये ९४ हजार ८२९ महिला, ८६ हजार ४१६ पुरुष र एकजना तेस्रो लिङ्गी रहेको निर्वाचन कार्यालयका सूचना अधिकारी थमन सारुले जानकारी दिए ।

याे पनि पढ्नुस  गर्भपतनबारे सचेत गराउन सडक नाटक

स्थानीय तहको निर्वाचनमा एक लाख ६२ हजार २५५ मतदाताले नाम दर्ता गराएका थिए ।

जिल्ला निर्वाचन कार्यालय, पाल्पाले गत साउन १ गतेदेखि भदौै ३ गतेसम्म सञ्चालन गरेको तस्वीरसहितको मतदाता नामावली संकलनबाट जिल्लामा २० हजार ८११ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् भने नाम दर्ता गराएकामध्ये १८ हजार ९९१ जनाले मात्र आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सहभागी हुन पाउने निर्वाचन कार्यालयले जनाएको छ ।

याे पनि पढ्नुस  तालपोखरामा डुङ्गा चढ्नेको आकर्षण बढ्दो

 

कमेन्ट गर्नुहोस्