काठमाडौं, असोज २६ । लामो समयको अन्तरालपछि शीर्ष तीन दलको बैठक अहिले केही बेरपछि बस्दै छ ।
सत्ता साझेदार दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका शीर्ष नेताहरुको बैठक बस्ने लागेको हो । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्ने बताइएको छ ।
बैठकमा पछिल्लो समय विकसित राजनीतिक अवस्था र समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
गएको असोज १७ गते एमाले र माओवादी केन्द्रबीच भएको चुनाबी तालमेल र पार्टी एकता घोषणापछि तीनका शीर्ष नेताहरुबीच पहिलो पटक छलफल हुन लागेको हो ।
सत्ता साझेदार दल माओवादी केन्द्रले प्रमुख प्रतिपक्ष दलसँग गठबन्धन बनाएको भन्दै कांग्रेस रुष्ट बनेको छ । त्यसै निहुँमा उसले माओवादीका मन्त्री हटाउनेदेखि चुनाब सार्नेसम्मका हल्ला चलिरहेको समयमा तीन दलको बैठकलाई चासोका साथ हेरिएको छ ।