म्याच फिक्सिङको अनुसन्धानका लागि नेपाल प्रहरी सम्मानित

काठमाडौं, असोज २७ । फुटबल म्याच फिक्सिङको अनुसन्धानमा उच्च योगदान पुर्याएको भन्दै नेपाल प्रहरी महानगरीय अपराध अनुसन्धान महाशाखालाई एएफसी सम्मानित गरेको छ।

शुक्रबार मलेसियाको राजधानी क्वालालम्पुरमा एशियन फुटबल कन्फेडेरेसन (एएफसी) ले फुटबल म्याच फिक्सिङको अनुसन्धानमा पुर्‍याएको योगदानका लागि अनुसन्धानको नेतृत्व गरेका महानगरीय अपराध महाशाखाका तत्कालीन प्रमुख डिआईजी सर्वेन्द्र खनाल र डिएसपी सुदीपराज पाठकलाई एएफसीका महासचवि डाडो विन्डसोरजोनले सम्मानित गरेका हुन्।

याे पनि पढ्नुस  कठै ! डिएनएको आस र त्रास, अब के होला ?

महासचिव विन्डसोरजोन भने, ‘नेपाल प्रहरीसँगको सहकार्य र प्राप्त नतिजाले एशियाली फुटबल जगतलाई अनुशासित राख्न महत्वपूर्ण काम भएको छ। हामी अधिकारी, प्रहरी र नेपाल सरकारबाट निरन्तर यस्तो सहयोगको अपेक्षा राख्दछौं।’

नेपाल प्रहरीको अनुसन्धानमा म्याचफिक्सिङमा संलग्न भएको पाइएपछि एएफसीले २०७२ असोजमा चार नेपाली खेलाडी र एक सहायक प्रशिक्षकलाई आजीवन प्रतिबन्ध लगाएको थियो। तत्कालीन नेपाली फुटबल टोलीका स्टार खेलाडीहरु सागर थापा, विकास क्षेत्री, सन्दीप राई, रितेश थापा तथा सहायक प्रशिक्षक अन्जन केसीलाई प्रहरीले पक्राउ गरेको थियो।

कमेन्ट गर्नुहोस्