आफ्ना मान्छेहरुको साथमा काम गर्न मनपर्छ– तब्बु

असोज २९ । बलिउड चलचित्र ‘विजयपथ’ बाट यात्रा सुरु गरेकी चर्चित अभिनेत्री तब्बु आफ्नो फरक पहिचान स्थापना गर्न सफल भएकी छिन् । तर, उनी अरु कलाकारहरु जस्तो कामको पछि दौडने गर्दिनन् । उनी भन्छिन्– ‘म केवल आफ्नै मान्छेहरुसँग काम गर्न चाहन्छु, जहाँ मैले आफ्नो स्वेच्छामा काम गर्न सकुँ ।’

‘मकबुल, फितुर, अस्तित्व, चाँदनी बार, हैदर’ जस्ता बलिउड चलचित्रमा गम्भीर भूमिका निर्वाह गरेकी चर्चित अभिनेत्री तब्बुले लामो समयदेखि कमेडी चलचित्रमा काम गर्ने चाहना राखेकी थिइन् । रोहित शेट्ठी निर्देशित ‘गोलमान–४’ ले उनको त्यो चाहना पुरा गरिदिएको छ । जतिबेला उनी गम्भिर चलचित्रमा अभिनय गर्दै थिइन्, दर्शकहरु प्रश्न गर्थे कि तपाइले किन हाँस्य चलचित्र नगर्नु भएको ? अहिले तिनै दर्शक प्रश्न गर्न थालेका छन् ‘किन गम्भिर चलचित्रमा नदेखिनु भएको ?’ उनी भन्छिन्– ‘दर्शकलाई कहिल्यै खुसी राख्न सकिदैन ।’

याे पनि पढ्नुस  श्रीदेवीको निधन हुनुअघि ४८ घण्टासम्म होटलको रुममै थिइन्

थोरै चलचित्रमा काम गरेको प्रसंगमा तब्बु प्रश्न गर्दै भन्छिन्– ‘मेरो पुस्ताका कती हिरोइन अभिनयमा ब्यस्त छन् ?’ वर्षमा कम्तिमा एउटा चलचित्रमा काम गरेको धारणा राख्ने तब्बु ‘गोलमाल–४’ मा आफ्ना मित्र अजय देवगणसँग देखिएकी छिन् ।

तब्बु आफ्नो चलचित्र करिअरमा अमिताभ बच्चनसँग काम गरेको रोमान्टिक चलचित्र ‘चिनी कम’ लाई माइलस्टोन मान्छिन् । रोहित शेट्ठी निर्देशित ‘गोलमाल–४’ मा तब्बुको अतिरिक्त अजय देवगण, अरशद वारसी, परिणीति चोपडा, तुषार कपुर र कुणाल खेमुले मुख्य भुमिका निर्वाह गरेका छन् ।

याे पनि पढ्नुस  मृत्युपछि श्रीदेवीको इच्छा पूरा, राष्ट्रिय अवार्ड थाप्न स्टेजमा बाेनी कपुर

कमेन्ट गर्नुहोस्