यौन दूराचारी हार्वीले ऐश्वर्या रायसँग एक्लै भेट्न चाहेको खुलासा

एजेन्सी, असोज ३० । हलिउडका चर्चित निर्माता हार्वी वाइनस्टिनको अहिले विश्वव्यापी चर्चा छ । चर्चाको विषय छ, हार्वी र चर्चित हलिउड र बलिउडका अभिनेत्रीमाथि उनले गरेको यौन शोषण ।

एकपछि अर्को गर्दै अहिले उनी विरुद्ध हलिउडका दर्जन बढी अभिनेत्रीले यौन शोषणको आरोप लगाएका छन् । अमेरिकी अभिनेत्री एन्जेलिना जोली, ग्वीनेथ पाल्त्रोव, जेनिफर लरेन्ससहित कैयौँ अभिनेत्रीले वाइनस्टिनमाथि यौन दुव्र्यवहारको आरोप लगाएका छन् ।

हार्वीमाथि पहिल्लो समय प्रत्येक दिन जसो नयाँ–नयाँ आरोप लाग्ने गरेको छ । यो साता हार्वीले बलिउडकी चर्चित अभिनेत्री एवम् विश्वसुन्दरी ऐश्वर्या रायसँग एक्लै भेट्न चाहेको कुरा सार्वजनिक भएको छ । रायका म्यानेजरले हार्वीले एक्लै भेट्न चाहेको खुलासा गरेका हुन ।

ऐश्वर्यासँग अन्तर्राष्ट्रिय मञ्चमा हार्वीले धेरै पटक भेटेका छन् । त्यति मात्रै नभएर हार्वीले ऐश्वर्यालाई एक्लै भेट्ने वातावरण कसरी बन्छ भनेर पनि सोधेको खुलासा भएको छ ।

यदपी ऐश्वर्याका सहयोगीले हार्वीको एक्लै भेट्ने चाहानालाई त्यही रोकिदिएको बताएका छन ।

कमेन्ट गर्नुहोस्