नक्कली प्रमाण पत्र बनाउने पक्राउ

बारा, असोज ३१ । नक्कली शैक्षिक प्रमाण पत्र बनाउने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

एसएलसीको नक्कली सर्टिफिकेट बनाउने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले सर्लाही ईश्वरपुर नगरपालिका–९ का अवधेश साहलाई पक्राउ गरेको हो।

उनलाई मंगलबार प्रहरीले जितपुर–सिमरा उपमहानगरपालिका वडा नं. २३ स्थित डाबर नेपाल प्रालि अगाडिबाट पक्राउ गरेको छ ।

याे पनि पढ्नुस  बारामा ४ गतेसम्म रक्सी बन्द

नक्कली सर्टिफिकेट बनाएर डाबर नेपाल लगायतका कारखानामा जागिर लगाउने गरेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई नक्कली सर्टिफिकेटसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

साहलाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको र सरकारी कागज कीर्तेको अभियोगमा कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुस  असारभित्र पाइपमार्फत पेट्रोलियम पदार्थ

कमेन्ट गर्नुहोस्