महाशिला र बिहादीमा इन्टरनेट

पर्वत, असोज ३१ । यहाँका दुई गाउँपालिकाले हरेक वडामा इन्टरनेट सेवा विस्तार गरी प्रविधियुक्त बनाएका छन् ।

बिहादी र महाशिला गाउँपालिकाले वडावडामा पहिलो पटक इन्टरनेट सेवा विस्तार गरेका हुन् । गाउँ कार्यपालिकाले हरेक वडालाई प्रविधियुक्त बनाउन बजेट विनियोजन गरेको थियो ।

बिहादी गाउँपालिकाले छवटै वडामा कम्प्युटर, प्रिन्टर, फोटोकपीसहित इन्टरनेट जडान गरेको अध्यक्ष कमल भुसालले जानकारी दिए । उनले हरेक वडामा रु चार लाख ५० हजार बजेट विनियोजन गरी प्रविधियुक्त बनाइएको बताए । वडामा इन्टरनेट जडान गरेपछि गाउँपालिकादेखि मन्त्रालयसम्मका चिठी, परिपत्र पाउन, बेवसाइडका सूचना वडाबाटै तत्काल पाउन सकिएको छ ।

याे पनि पढ्नुस  ‘स्मार्टफोन’ प्रयोग गर्नेलाई ‘स्मार्ट ज्याकेट’

“अब वडामा हामीले तत्काल नीति, निर्देशन, जानकारी लगायतका चिठीपत्र इमेलबाटै पठाउन सक्ने भएका छौँ” उनले भने ।

यस्तै, महाशिला गाउँपालिकाले पनि इन्टरनेटलाई विस्तार गरेर वडावडामा पुर्याएको छ । गाउँपालिकाले उपकरण खरिद गरी सबै वडामा इन्टरसेवा विस्तार गरेको अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए । छवटै वडामा प्रविधियुक्त वाइम्याक्स सहितको इन्टरनेट सेवा जडान गरिएको छ ।

याे पनि पढ्नुस  इन्टरनेटको मूल्य वृद्धि गरिँदै

महाशिलाले हरेक वडामा रु एक लाख ५० हजार खर्च गरी इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो । गाउँपालिकाले पत्राचार गर्ने सबै विषय इमेलमार्फत वडा कार्यालयमा उपलब्ध गराउने व्यवस्था मिलाएको छ । सबै वडा कार्यालयमा इन्टरनेट जडान गरेका यी दुई गाउँपालिकाले छिट्टै व्यक्तिगत घटना दर्ता अनलाइनमार्फत गर्ने तयारी गरेका छन् ।

याे पनि पढ्नुस  एक बर्षमै इन्टरनेटबाट एक अर्ब लुट !

किरिया खर्चको रकमले अक्षयकोष स्थापना

यहाँको एक परिवारले आफ्ना बाबुको किरिया खर्चको रकम कटाएर विद्यालयमा अक्षयकोष स्थापना गरेको छ । कुश्मा नगरपालिका–५ का टेकनारायण कर्माचार्यको परिवारले उहाँको १३औँ दिनको पुण्य तिथिका अवसरमा अक्षयकोष स्थापना गरेको हो ।

कुश्मा नगरपालिका–५ स्थित बालमन्दिर प्राथमिक विद्यालयमा विद्यार्थीलाई छात्रवृत्ति दिने गरी रु एक लाखको अक्षयकोष स्थापना गरेको कर्मार्चायका छोरा वसन्तकुमारले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्