भन्सार नाकाबाट लागूऔषधसहित दुर्इ पक्राउ

धनगढी, असोज ३१ । कैलालीको सीमावर्ती प्रहरी चौकी त्रिनगर भन्सार नाकाबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढा मगरले भन्सार नाकामा खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा धनगढी उपमहानगरपालिका–४ का २२ वर्षीय भूपेन्द्र भट्ट र डडेल्धुरा दमडा गापा–४ का करन भाटलाई २३ ट्याब्लेट स्पास्मो, १२ ट्याब्लेट नाइट्रोभेट र तीन टुक्रा कोपट्याब लागूऔषधसहित सोमबार साँझ पक्राउ गरिएको जानकारी दिनुभयो ।

याे पनि पढ्नुस  ६ लेन सडक निर्माणमा ठेकेदारको चरम लापरबाही

उनीहरुलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

कमेन्ट गर्नुहोस्