विरामीको रगत फाल्दै, आफू खुशी रिपोर्ट दिन्छन ल्याबहरु

सप्तरी, कार्तिक १ । जिल्लाको सदरमुकाममा सञ्चालित मेडिकल ल्याबहरुले विरामीहरुबाट रगत निकालेर (तानेर) फाल्ने र जेपायो त्यही लेखेर ल्याब रिपोर्ट दिने गरेको खुलासा भएको छ ।

सप्तरी सदरमुकाम राजविराजस्थित केही ल्यावले बिरामीको रगत तानेर फाल्दै आफूखुसी रिपोर्ट दिने गरेको पाइएको छ ।

जिल्ला समन्वय समिति कार्यालयको गेटअघि मंगलबार दिउँसो व्यस्त सडकमा फालिएको फोहोरको थुप्रोमा सयवटा भन्दा बढी रगत भरेको सिरिन्ज फेला परेपछि यस्तो खुलासा भएको हो । रगतको नमुना परीक्षणै नगरी फालिएको अवस्थामा देखिएको जनस्वास्थ्य कार्यालय सप्तरीका सूचना अधिकृत छेदीप्रसाद यादवले बताए ।

याे पनि पढ्नुस  मुख्यमन्त्री राउतद्वारा राहत प्रदान

‘बिरामीको रगत तानेर फाल्दै आफूखुसी रिपोर्ट दिने काम जघन्य अपराध हो’ यादवले भने, ‘कुन ल्यावले यस्तो गरेको हो अनुसन्धान गरिरहेका छौं ।’

राजविराजका अधिकांश ल्यावहरु अनाधिकृत रुपमै सञ्चालन हुँदै आएको छ । ‘बिरामीको रगत तानेर फाल्दै आफूखुसी रिपोर्ट दिनु अपराध हो’ गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालका डा। रन्जितकुमार झाले भने, ‘यस्ता कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्छ ।’ उनले बिरामी मानिसको रगत तानेर बिच बाटोमा फालिँदा उक्त बाटो भएर हिँड्ने स्वस्थ मानिसमा पनि प्राणघातक रोगहरु फैलिने खतरा बढेको बताए ।

याे पनि पढ्नुस  ट्रक पल्टिँदा २० गोरु मरे

‘फालिएको रगत कुन रोगका बिरामी को हो, ती सिरिन्जको सुई स्वस्थ मानिसको खुट्टामा घोचिए एचआईभी, हेपाटाईटिस ुबीु र ुसीु लगायत प्राणघातक रोगको संक्रमण फैलिने खतरा पनि उत्तिकै छ’ डा झाले भने, ‘रगत लामो समयसम्म असुरक्षित तरिकाले फालिँदा कुहिएर अन्य रोगको संक्रमण फैलिने खतरा पनि उत्तिकै छ ।’

याे पनि पढ्नुस  १४ वर्षीया बालिका ‘थाहै नपाई’ गर्भवती !

प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले रगत तानेर फालिएको घटनाका विषयमा अनुसन्धान गर्न एकजनालाई नियन्त्रणमा लिइएको बताए । कान्तिपुरबाट

कमेन्ट गर्नुहोस्