गोरखा, कार्तिक १ । गोरखाको आरुघाट गाउँपालिका–५ सिमखोलाको सोतीबाट अवैध ६० किलोग्राम पाँचऔले जडिवुटी प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोतीबाट आरुघाटतर्फ जाँदै गरेको ध १ ख १८९ नम्वरको बसमा चेकजाँच गर्दा उक्तपरिमाणको अवैध रुपमा निकासी हुन लागेको पाँचऔले प्रहरीले नियन्त्रणमा लिएको हो ।
अवैध जडिवुटी ओसारपसारमा संलग्न आरुघाट गाउँपालिका–९ का ४९ वर्षीय कमल गुरुङ र बसका चालक ५१ वर्षीय सपदबहादुर मगरलाई प्रहरीले पक्राउ गरी थप कारबाहीका लागी इलाका वन कार्यालय आरुघाटलाई बुझाएको छ ।