एकसाता ८३ भालु मारिएपछि…

काठमाडौं । रसियामा वितेका एक सातामा ८३ भालु मारिएका छन् । रसियाको पूर्व क्षेत्रको मानव बस्तीमा जंगली भालुले आंतक मच्चाएपछि सरकारले ती भालुलाई नियन्त्रणमा लिएर मारेको बताइएको छ ।

सरकारी अधिकारीका अनुसार भालुले मानव बस्तीमा आक्रमण गर्ने क्रम नरोकिएपछि स्थानीय प्रशासनको सल्लाह बमोजिम पछिल्लो एकसाता ८३ भालु मारिएको छ । भने एक वर्षको अवधिमा दुई सय ५० भालु मारिएको बताइएको छ ।

याे पनि पढ्नुस  रोनाल्डोसहितको पोर्चुगल टोली रुस पुग्यो

जंगली भालुको आक्रमणमा केही मानिसको मृत्यु र दर्जनौँ घाइते भएपछि स्थानीय प्रशासनले सुरक्षाकर्मी परिचाल गरी कहीलाई लखटेर र केहीलाई नियन्त्रणमा लिएर गोली हानि मारेको हो ।

जंगलमा आहाराको कमी भएपछि भालुहरु मानब बस्तीमा जान थालेको अधिकारीहरुले बताएका छन ।भालुकोे प्रमुख आहाराको रुपमा जंगली खोलामा पाइने माछाको अभाव भएपछि उनीहरु आहाराका लागि मानबबस्तीमा पसेका हुन । भालुको प्रमुख आहारा माछाको रक्षाका लागि आगामी गृष्म याममा माछा मार्ने कार्य रोक्नुपर्ने उनले बताए ।

याे पनि पढ्नुस  आपराधिक प्रकृतिको हेलचक्र्यार्इँले आगलागी– राष्ट्रपति पुटिन

खानाको खोजीमा गाउँमा पुग्ने भालुले मानव तथा घरपालुवा जनावरमाथि आक्रमण गर्न थालेपछि स्थानीयबासी भालुको आक्रमण रोक्न प्रशासन गुहार्न पुगेका हुन् ।

आहारा अभावमा आजभोलि भालुहरू निकै दुब्लो अवस्थामा भेटिने गरेको स्थानीय नागरिकले बताए । भालुको आक्रमणमा सेप्टेम्बरमा मात्रै दुईजनाको ज्यान गएको थियो । माछाको उत्पादन निकै कमी हुने भएकाले भालुको सन्त्रास नोभेम्बरसम्म बढी हुने गर्छ ।

याे पनि पढ्नुस  रूसकाे एक कम्प्लेक्समा आगलागी हुँदा ४१ बालबालिकासहित ४८ जनाको मृत्यु

कमेन्ट गर्नुहोस्