एमालेले ३२ जिल्लामा उम्मेदवारको टुंगो लगायो, कसले कहाबाट टिकट पाए ?

काठमाडौं, कात्तिक ४ । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको चुनावका लागि नेकपा एमालेले ३२ वटा जिल्लाका लागि सबैउम्मेदवारको टुंगो लगाएको छ ।

माओवादीसँग तालमेल गरेको एमालेले आफ्नो भागमा परेका ३२ वटै जिल्लाका प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारहरुको अन्तिम नामवली तयारी पारेको हो ।

स्थायी कमिटी बैठकले एमाले र माओवादी केन्द्रको संयुक्त कार्यदलको प्रस्ताव तथा पार्टी एकता संयोजन समितिको निर्णय अनुसार दुई पार्टीबीच भएको निर्वाचन क्षेत्र बाँडफाँटलाई अनुमोदन समेत गरेको छ ।

याे पनि पढ्नुस  नक्कली नोटको कारोबारीलाई एमाले उपमहासचिब पौडेलको सम्मान

सिट बाँडफाँटलाई अनुमोदन गरी बैठकबाट सोही अनुसार एमाले आफ्नो भागमा परेका उम्मेदवारहरु छानेको हो ।

एमालेको स्थायी कमिटी बैठकले प्युठान र बाग्लुङ जिल्लामा राष्ट्रिय जनमोर्चासँग पनि चुनाबी तालमेल गरेर जाने निर्णय पनि गरेको छ ।

एमालेका कहाँबाट कसले टिकट पाए ?

प्रतिनिधिसभा
दार्चुला – गणेशसिंह ठगुन्ना
बाजुरा- लालबहादुर थापा
बैतडी- दामोदर भण्डारी
बझाङ- भैरवबहादुर सिंह
डोल्पा- धनबहादुर बुुढा
मुगु- गोपाल बम
मुस्ताङ- प्रेमप्रसाद तुलाचन र महेन्द्रबहादुर थकाली
मनाङ- पोल्देन छोपाङ गुरुङ
म्याग्दी- भूपेन्द्रबहादुर थापा
रसुवा १- जनार्दन ढकाल
नुवाकोट २-  नारायणप्रसाद खतिवडा
धादिङ १- भुमि त्रिपाठी
धादिङ २- खेम लोहनी
पाँचथर- बसन्तकुमार नेम्वाङ
ताप्लेजुङ- योगेशकुमार भट्टराई
संखुवासभा- राजेन्द्र गौतम
ओखलढुंगा- यज्ञराज सुनुवार
खोटाङ- विशाल भट्टराई

याे पनि पढ्नुस  एमालेले २५ जिल्लामा उम्मेदवारको टुंगो लगायो, कहाँबाट कसले पाए टिकट ?

प्रदेशसभा सदस्य
दार्चुला (क)-वीरबहादुर ठगुन्ना
बाजुरा (क)-बलदेव रेग्मी
बाजुरा (ख)- प्रकाश शाह
बैतडी (ख)-लिलाधर भट्ट
बझाङ () -अर्जुन थापा
डोल्पा (क)- नन्दसिंह बुढा
मुगु (क)-दानसिंह परियार
मुगु(ख)-चन्द्रबहादुर शाही
जुम्ला (ख)-पदमबहादुर रोकाय
कालिकोट (क)-कुर्मराज शाही
जाजरकोट (क) निरज आचार्य
जाजरकोट (ख)-करवीर शाही
मुस्ताङ (क)-इन्द्रधारा विष्ट
मुस्ताङ (ख)-प्रेमप्रसाद तुलाचन/महेन्द्रबहादुर थकाली
मनाङ (क)-दोर्जे डण्डुल गुरुङ
मनाङ (ख)-खण्डा लामा गुरुङ
म्याग्दी (ख)-नरदेवी पुन
लमजुङ (क)-धनञ्जय दवाडी
लमजुङ (ख)-पृश्वीसुब्बा गुरुङ
गोरखा-१(ख)-रामशरण बस्नेत
रसुवा (क)-कन्र्याल तामाङ
नुवाकोट १(-ख) बद्री मैनाली
नुवाकोट २ (क) केशव पाण्डे
धादिङ १ (क)-राजेन्द्र पाण्डे
धादिङ २ (क) डा. रामकुमार अधिकार
पाँचथर (क) गणेशकुमार काम्बाङ
ताप्लेजुङ (क)-बलबहादुर साम्सोहाङ
संखुवासभा (ख)-तुलसी न्यौपाने
भोजपुर (क)- राजेन्द्रकुमार राई
भोजपुर (ख)- शेरधन राई
ओखलढुंगा (क)-अमिरबहादुर गुरुङ
सोलुखुम्बु (क)-मानवीर राई
सोलुखुम्बु (ख)-बुद्धिकुमार राजभण्डारी
खोटाङ (क)-राजन राई
रामेछाप (क)- शान्तिप्रसाद पौडेल
रामेछाप (ख)- कैलाश ढुङ्गेल

याे पनि पढ्नुस  क–कस्लाई सफिरिस गर्यो बैतडी एमालले

कमेन्ट गर्नुहोस्