आमीर खानबारे के भने त्यस्तो केआरकेले ? ट्वीटरले ब्लक गरिदियो अकाउन्ट

आमिर खान र उनको पछिल्लाे फिल्मबारे घटिया टिप्पणी गरेपछि कमाल राशिद खान (केआरके)काे ट्वीटरले उनको अकाउन्ट नै ब्लक गरिदियो । केआरकेले बिहीबार रिलिज भएको आमीर खानको फिल्म ‘सिक्रेट सुपरस्टारबारे तीन ट्वीट गरे जसमा उनले आमीरले उनलाई र उनीजस्तै अन्य पिताहरुलाई फिल्ममा गलत तरिकाले पेश गरेकाे अाराेप लगाएका थिए ।

‘सिक्रेट सुपरस्टार’ को क्लाइमेक्समा पिता एक्लै दुबई जाने जबकी आमा र छोरी भारतमा नै बस्छन् र छोरी सुपरस्टार बन्ने देखाइएको छ ।

याे पनि पढ्नुस  के साच्चिँकै सरकार फेसबुक–ट्वीटर बन्द गर्न लागेको हो? यस्तो छ धारणा

उनले ट्वीटमा लेखेका छन्, ‘आमिर खान, यदि तपाईं यो पुष्टि गर्न चाहनुहुन्छ कि म र मजस्ता करोडौं पिता आफ्ना सन्तानलाई प्रेम गर्दैनन् भन्ने देखाउन चाहनुहुन्छ भने तपाईं आफ्नो फिल्मलाई … मा हाल्नुहोस् र रमाउनुहोस् ।’

अर्को ट्वीटमा उनले लेखेका छन्, ‘मिस्टर खान यदि तपाईं राम्रा पिता होइनन् वा तपाईंका पिता राम्रा थिएनन्, जसलाई तपाईं सम्मान गर्नुहुन्न भने यो नभन्नुहोस् कि हामी पनि आफ्ना सन्तानलाई प्रेम गर्दैनौं ।’

ट्वीटरविरुद्ध अदालत जानेछन् केआरकेः

याे पनि पढ्नुस  भारतीय प्रधानमन्त्री मोदीले गरे नेपालीमा ट्वीट!

केआरकेलाई विश्वास गर्ने हो भने उनी ट्वीटरविरुद्ध अदालत जानेछन् ।

उनका अनुसार पछिल्लो चार वर्षमा ट्वीटरमा आफ्ना लाखौं फलोअर्स बनाउनका लागि उनले निकै पैसा खर्च गरेका छन् ।

उनी भन्छन्, ‘उनको ट्वीटर अकाउन्ट यसकारण सस्पेन्ड गरियो किनभने उनले ‘सिक्रेट सुपरस्टार’ को कमी कमजोरी औंल्याएका थिए ।’

उनले मिडियासँगको कुराकानीमा भने, ‘म ट्वीटरमा कुनै नयाँ अकाउन्ट खोल्दिनँ किनभने उनीहरुले मेरो अकाउन्ट यसकारण बन्द गरे किनभने आमिर खान मलाई ट्वीटरमा हेर्न चाहँदैनन् । यसको अर्थ यो हो कि आमिर खान ट्वीटरका वास्तविक मालिक हुन् ।’

याे पनि पढ्नुस  ‘पिडालु रोपेर आलू खोज्नेहरु’

केआरकेले आफ्नो ट्वीटमा उनले न कसैलाई धम्की दिएको न नै कसैलाई गाली गरेको भनी स्पष्टिकरण दिएका छन् । त्यसकारण ट्वीटरसँग उनको अकाउन्ट ब्लक गर्ने अधिकार नभएको उनी बताउँछन् ।

४२ वर्षीया कमाल राशिद खान विवाहित हुन् र दुई सन्तानका पिता हुन् । उनकी श्रीमती आयशा, छोरा फैसल र छोरी फराह दुबईमा बस्छन् । भाष्कर डटकमबाट

कमेन्ट गर्नुहोस्