अवरुद्ध बाटो चार महिनापछि सञ्चालन

पाल्पा, कात्तिक ६ । पाल्पाको रम्भा गाउँपालिका वडा नं २ फोक्सिङकोटको अवरुद्ध नम्ताहा–झोकेदी मोटरबाटो सञ्चालन भएको छ ।

गएको असार महिनादेखि अवरुद्ध मोटरबाटो चार महिनापछि सञ्चालन भएको हो ।

बाटो सञ्चालन भएपछि फोक्सिङकोटको बेलौजा, लाँबे, खर्केहान, बोरोङ्गसे, नम्ताहा, हुँगीको स्याजु तथा मसल्याङलगायतका गाउँका करिब ३०० घरधुरीका स्थानीय बासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन् ।

याे पनि पढ्नुस  पुष्पलाल स्मृति पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना

विभिन्न ठाउँठाउँमा पहिरो गई बाटोको जगै भत्किएपछि यातायातका साधनसमेत ठप्प हँुदा स्थानीयवासीले निकै सास्ती भोग्नुपरेको थियो । स्थानीयको सक्रियतामा बाटो मर्मत गरिएपछि अहिले नियमितरुपमा सवारीसाधन सञ्चालन भएको उपभोक्ता समितिका सचिव टकबहादुर फालले बताए ।

बाटो मर्मतका लागि रु.पाँच लाख रकम विनियोजन गरेर बाटो सञ्चालनमा ल्याइएको वडा अध्यक्ष उमानसिं सारुले बताए । उनका अनुसार अवरुद्ध बनेका वडाका सबै बाटो मर्मत सम्भार गरेर अहिले सञ्चालन भएको छ ।

याे पनि पढ्नुस  एचआइभी सङ्क्रमित बढ्दै

यहाँ बाटो सञ्चालन भएपछि वडा कार्यालयसम्म आउन जानसमेत सुविधा पुगेको छ । गएको असार २० गते यस खण्डमा पहिरोमा पुरिएर एक जनाको पुरिएर मृत्युसमेत भएको थियो ।

कमेन्ट गर्नुहोस्