वामगठबन्धबाट नअतालिन देउवालाई ज्ञवालीको आग्रह

गुल्मी, कात्तिक ६ । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले वाम तालमेलबाट नअतालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले वाम गठबन्धनको सम्बन्धमा पछिल्लो समय विभिन्न टिका टिप्पणी गर्दै आएका छन ।

प्रचार विभाग र प्रेस चौतारी नेपाल गुल्मीले सोमबार सदरमुकाम तम्घासमा अयोजना गरेको पत्रकार भेटघाट उनले भने, उहाँलाई म आग्रह र स्पष्ट पार्न चाहान्छु , यो चुनावी गठबन्धन मात्र नभएर पार्टी एकीकरणको काम शुरु भएको छ।’

याे पनि पढ्नुस  निर्मलाका हत्यारा पानीमुनि लुकेपनि छाड्दैनौंः परराष्ट्रमन्त्री

नेता ज्ञवालीले एउटै वामपन्थीहरूको पार्टी निर्माण गर्ने तयारी भैरहेकाले वाम एकताबाट कुनै पनि शक्ति अतालिनु पर्ने कुनै पनि कारण नभएको स्पष्ट पारे ।

अहिले एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, लगायत अन्य वामपन्थी शक्तिहरूबीच जुन चुनावी तालमेल भएको छ सबै पार्टीको विचार एउटै भएकाले पार्टी एकीकरण गर्न कुनै समस्या म देख्दिन । ज्ञवालीले भने ‘नेताहरू व्यवस्थापन देखि केही साना समस्याहरू छलफलबाट साँघुरिदै गएकाले पार्टी एकीकरण हुन्छ।’

याे पनि पढ्नुस  गुल्मीमा कांग्रेस दुई र एमाले तीन स्थानबाट विजयी

कमेन्ट गर्नुहोस्