देउसी-भैलोबाट संकलित रकम सामाजिक क्षेत्रमा खर्च

दाङ, कात्तिक ७ । यहाँका क्रियाशील पत्रकारहरूले खेलेको देउसी भैलोबाट संकलन भएको रकम सामाजिक कार्यमा लगाइने भएको छ ।

तुलसीपुरमा रहेका क्रियाशील पत्रकारहरूले लोप हुँदै गएको तिहारको मौलिकता, संस्कृति, परम्परा, रीतिरिवाजलाई जगेर्ना गर्ने उद्देश्यले ‘संस्कृतिमा सञ्चार भैलोमा पत्रकार’को नारा अघि सारेर तिहारमा भैलो खेलेका थिए ।

याे पनि पढ्नुस  सञ्चालन गरिएको उडान ५ महिनामै बन्द

तिहारको तीन दिनसम्म खेलिएको देउसी भैलोेबाट संकलित रकमको केही प्रतिशत रकम सामाजिक क्षेत्रमा खर्च गर्न लागिएको पत्रकार गोपाल शर्मा भट्टराईले जानकारी दिए ।

उनका अनुसार देउसी भैलोबाट रु.९२ हजार संकलन भएको र यसबाट पहिलो चरणमा केही रकम सामाजिक क्षेत्रमा लगानी गर्न लागिएको हो भने बाँकी रकम पत्रकारको क्षमता अभिवृद्धिका लागि सांस्कृतिक तथा पर्यटकीय पत्रकारिताको विकासमा लगाइने भएको छ ।

याे पनि पढ्नुस  २ वर्षअघि सुरु भएको नारायणपुरमा खानेपानी योजना निर्माण सम्पन्न

आधुनिकताको विकाससँगै तिहारमा पनि फरक संस्कारको विकास हुन थालेपछि परम्पराको संरक्षणका लागि सन्देश प्रवाह गर्ने लक्ष्यले देउसी भैलो कार्यक्रमको आयोजना गरिएको हो ।

गतवर्ष पनि खेलिएको देउसी भैलोेबाट संकलित रकम सामाजिक क्षेत्रमा र पत्रकारको राहत कोषमा जम्मा गरिएको बताएको छ।

कमेन्ट गर्नुहोस्