कामको बेला अरु कुरामा ध्यान दिन्न: कल्की

कार्तिक ११ । बलिउड क्षेत्रमा झन्डै दुई दर्जन फिल्म खेलिसकेकी अभिनेत्री कल्की कोचलिनलाई आफू बलिउडका लागि योग्य छु–छैन भन्नेमा द्विविधा रहेछ । ‘रिबन’ र ‘जिया और जिया’ फिल्मको प्रमोसनमा व्यस्त उनले हालैको कार्यक्रममा मनको कुरा खोलेकी थिइन् । ‘भारतीय फिल्ममा मैले आफ्नो ठाउँ त बनाएकी छु,’ उनले भनेकी छन्, ‘तर, बलिउडमा फिट छु कि छैन भन्ने कुरा थाहा छैन । र, यो कुरा जान्ने चासो पनि छैन ।’

कल्कीले ‘देव डी’, ‘दयाट गर्ल इन यल्लो बुट्स’, ‘मार्गरिटा विद अ स्ट्र’ जस्ता फरक धारका फिल्ममा काम गरेकी छन् । उनी अभिनित ‘ए जवानी है दिवानी’, ‘जिन्दगी ना मिलेगी दोबारा’ जस्ता फिल्मले राम्रो प्रतिक्रिया पाएका थिए । ‘फ्रिडम म्याटर्स’ र ‘लिभिङ सेक्सपियर’ डकुमेन्ट्रीमा पनि उनको कामलाई तारिफयोग्य मानिएको थियो । यति हुँदासमेत आफूलाई बलिउडमा योग्य भएरनभएको बारे प्रश्न आउँदा आश्चर्य लाग्ने गरेको उनले बताएकी छन्।

याे पनि पढ्नुस  सुटिङ सेटमै रणवीरको हरकतले रिसाइन् सोनाक्षी

‘म कतिवटा पार्टीमा सामेल भएँ या कतिवटा पार्टीको निम्तो आयो भन्ने पर्वाह छैन मलाई,’ कल्की भन्छिन्, ‘काममा ध्यान दिन्छु, कामकै माया लाग्छ । फिल्मको कथा र पात्रका लागि धेरै होमवर्क गर्छु । यसमै व्यस्त हुन्छु ।’ उनले आफू जुनसुकै राम्रो फिल्म हेरेर उत्साहित हुने गरेको बताएकी छन् ।

याे पनि पढ्नुस  यस्तो छ अभिषेक वच्चनको रहस्यमय खुलासा

अरुको खुलेर प्रशंसा गर्ने मामिलामा पनि कल्की कन्जुस छैनन् । सन् २०१५ मा उनी र राधिका आप्टेको फिल्म एकसाथ प्रदर्शन भएको थियो । कल्कीको ‘वेटिङ’ र राधिकाको ‘फोबिया’ को रिलिज मिति जुध्दा कल्कीले राधिकाको मनग्गे तारिफ गरेकी थिइन् । ‘म प्रतिभाको प्रशंसा गर्न अलिकति पनि हिचकिचाउदिनँ,’ उनले भनेकी थिइन्, ‘यो फिल्म हेर्नेले मेरो कुरा अवश्य बुझ्नुहुने छ । राधिकाले सानदार काम गरेकी छन् ।’

याे पनि पढ्नुस  ‘स्टारडस्ट’को मिथक तोडेका ओम पुरीको पहिलो चलचित्र ‘आक्रोश’ (भिडियाे)

नेसनल फिल्म अवार्ड, फिल्म फेयर र स्क्रिन अवार्ड जितिसकेकी यी अभिनेत्री फ्रान्सेली मूलकी हुन् । उनका बुबा ६ दशकअघि भारत आएर त्यतै घरबार जोडेका थिए । उनकी जिजुआमा माउरिस कोचलिन आइफेल टावर र अमेरिकाको स्टयाच्यु अफ लिबर्टी निर्माणटोलीकी चिफ इन्जिनियर थिइन् । कल्कीलाई हिन्दी, अंग्रेजी, तामिल र फ्रेन्च भाषा बोल्न आउँछ ।

कान्तिपुरबाट

कमेन्ट गर्नुहोस्