निर्वाचन भाँड्न अँध्यारो कोठामा बसेर षड्यन्त्र भइरहेका छ : विष्ट

काठमाडौं कात्तिक १२ । नेकपा एमालेका सचिव गोकर्ण विष्टले गरीबि र बेरोजगारी अन्त्य नगरेसम्म सबल नेपाल निर्माण नहुने बताएका छन । त्यसका लागि सबै कम्युनिष्टहरु एक भएर विकास र सम्बृद्धि लागि जुट्नु पर्ने बताए ।

उनले जनताको आर्थिक समृद्धि र सवल राष्ट्र निर्माणका लागि बाम एकता भएको बताएका छन् । नेपाली कम्युनिष्ट विभाजीत गरेर जनतालाई सँधै गरीब राख्ने एउटा बर्ग क्रियाशिल रहेकोले गरीबि र बेरोजगारी अन्त्यका लागि स्थीर सरकार चाहिने र त्यसका लागि कम्युनिष्ट एकता अनिवार्य भएको बताए ।

याे पनि पढ्नुस  एमाले स्थायी समिति बैठक बस्दै

‘खान लगाउन नपाएका जनताको नेतृत्व जबसम्म कम्युनिष्टले गर्दैन तवसम्म देशको आर्थिक समृद्धि हुँदैन’ एमाले र माओवादीका सम्पर्क मञ्चहरुको संयुक्त बाम भेलालाई सम्बोधन गर्दै उनले भने ‘गरीबि र बेरोजगारी अन्त्य नगरेसम्म सबल नेपाल निर्माण हुँदैन त्यसैले कम्युनिष्टहरु एक भएर जनतालाई सँधै गरीव राख्ने बर्गको विरुद्ध लाग्नुपर्छ ।’

याे पनि पढ्नुस  वामगठबन्धनमा यसरी हुँदै छ वाँकी सिट बाँडफाँड, माअाेवादीलाई ३८ सिट

उनले देशमा सँधै सरकार गठन गर्न अरुले कुन संकेत गर्छन भन्ने कुरा अन्त्य भएपछि समृद्धिको दिशामा गति लिने बताए ।

उनले अहिले नेपाली काँग्रेसले अरु शक्ति केन्द्रलाई प्रयोग गरेर चुनाव भाँड्न लागिरहेको आरोप लगाए । तर त्यसको परीणाम राम्रो नहुने उनले चेतावनी दिए । ‘निर्वाचन भाँड्न अँध्यारो कोठामा बसेर षड्यन्त्र गरीरहेको छ’ उनले भने ‘कतिपय संबैधानिक निकायलाई प्रयोग गरेर जनताको जनमत रोक्ने काम ग¥यो भने परीणाम राम्रो हुने छैन ।’

कमेन्ट गर्नुहोस्