जुम्लामा पहिलो पटक जिप सेवा सञ्चालन

जुम्ला, कार्तिक १३ । जाजरकोट जोड्ने उद्देश्यका साथ निर्माण गरिएको जुम्लाको कुडारी–ताम्ती–टोप्ला–इमिल्चासम्मको २९ किमी सडकमा पहिलोपटक जिप सेवा सञ्चालन भएको छ ।

तिला–४ साँपुल्ली निवासी मिमबहादुर शाहीले आइतबारदेखि बा.८.च ४१५९ नं को जिप सञ्चालन गरेपछि जुम्लाको विकट क्षेत्रमा पर्ने ताम्तीका जनता झण्डै पाँच घण्टा पैदल हिँडेर कर्णाली राजमार्ग पुग्नुपर्ने बाध्यताबाट मुक्त भएका छन् । पहिलोपटक जिपमा सवार हुन पाउँदा ताम्तीका बासिन्दा दंग छन् ।

याे पनि पढ्नुस  यार्सागुम्बा टिप्न रोक लगाउन शैक्षिक अभियान सुरु

यो सेवाबाट कुडारी–ताम्ती–टोप्ला र इमिल्चा भन्ने ठाउँसम्म अवस्थित मछाली, बूढाबाढा, टोप्ला, डुंग्री, थलाले, मछालदेउ, बारागाउँ ताम्ती, सुर्की, सर्मी, नुवाकोट, रावत बाडालगायतका गाउँका समुदाय लाभान्वित भएका छन् ।

कच्ची सडक भएकाले पहिलोपटक २९ किमीका लागि रु २५० भाडादर कायम गरिएको सञ्चालक शाहीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्