Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

दुई बैंकबीच सम्झौता

काठमाडौँ, कार्तिक १४ । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था र युरानस टेक प्रालिबीच ट्याब्लेट बैंकिङ्ग कार्यक्रम संचालन गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

सोमबार काठमाडौंमा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तिर्थरत्न कोनाजो र युरानस टेकको तर्फबाट प्रबन्ध संचालक निराजन सुवेदीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले सक्षम परियोजना अन्तरगत परियोजना संचालन भएका जिल्लाहरुमा ट्याब्लेट बैंकिङ्ग संचालन कार्य अगाडी वढाउने छ ।

वित्तीय संस्थाले शुरुवातामा इलाम जिल्लाको दानावारी र राँके शाखा, मुस्ताङ जिल्लाको मुक्तिनाथ, म्याग्दीजिल्लाको घारा र दरबाङ, रुकुमजिल्लाको झुल्नेटा र खोलागाउँ शाखाहरुमा सक्षम परियोजनासँग सम्झौता गरी सो क्षेत्रका सदस्यहरुलाई वित्तीय पहुँच बृद्धि गर्नका लागि वित्तीय साक्षरता, सर्वसुलभ ढंगले वचतगर्ने तथाऋण प्रदानगर्ने कार्यक्रम अगाडी वढाउदै आएको छ ।

उक्त ट्याब्लेटको माध्यमबाट दैनिक केन्द्र बैठक संचालनगरी फिल्डबाटै डाटा इन्ट्री गरी सदस्यहरुले जम्मा गरेको वचततथाकिस्ता तुरुन्तै पोष्टिङ्ग गर्न सकिने भएकोले दैनिक कामकाज गर्नको लागि सहजहुने र हाल फिल्ड कर्मचारीहरुले गर्दै आएको काम छिटो छरितो भई एक तिहाई समयमै सबै कार्य सम्पन्नहुने भएकोले बाँकी समय अन्य उत्पादनमुलक कार्य गर्न सकिने कुरा प्रमुख कार्यकारी अधिकृत कोनाजोले बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: