इलामदेखि कैलालीसम्म फोरमले गर्यो ६२ उम्मेदवारको घोषणा, अध्यक्ष यादव सप्तरी २ बाट लड्ने

काठमाडौं, कात्तिक १४ । संघीय समाजवादी फोरम नेपालले प्रतिनिधिसभाका लागि ६२ उम्मेदवारको नाम टुंगो लगाएको छ ।

२ नम्बर प्रदेशमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँग सिट बाँडफाँट गरे लगत्तै फोरमले प्रदेश र प्रतिनिधिसभाका लागि उम्मेदवारको सूची मंगलबार सार्वजनिक गरेको हो ।

फोरम अध्यक्ष उपेन्द्र यादव प्रतिनिधिसभा सदस्यका लागि सप्तरी २ बाट चुनाव लड्ने भएका छन् । भने वरिष्ठ नेता अशोक राई सुनसरी १ मा उम्मेदवार भएका छन् । त्यहाँ उनलाई कांग्रेसले समर्थन गर्नेछ । मोरङको क्षेत्र नम्बर ६ बाहेकका सबै सिट र झापाका सबै सिटमा उम्मदेवार तोकेको छ ।

याे पनि पढ्नुस  एमाले र माओवादीबाट बैतडीमा क-कसले टिकट पाए

सप्तरी १ मा सूर्यनारायण यादव, सिरहा १ मा राजला यादव र २ मा शत्रुघन सिंह कोइरी र ३ मा अशेश्वर यादव, धनुषा १ मा दिपक कार्की, २ उमा उमाशंकर अरगरीया र ४ मा महाजन यादवलाई उम्मेदवार बनाइएको छ ।

महोत्तरी १ मा लक्ष्मी महतो, ४ मा डा सुरेन्द्र महतो, सर्लाही ३ मा अशोक सिंह कोइरी, रौतहट २ मा किरण साह, बारा २ मा रामसहायद यादव, ३ मा रामकिशोर यादव उम्मेदवार भएका छन् । पर्सा १ मा प्रदिप यादव, २ मा विमलप्रसाद श्रीवास्तव र ३ मा हरिनारायण रौनियारलाई उम्मेदवार बनाइएको छ

याे पनि पढ्नुस  नेकपासँग तत्काल एकीकरणको सम्भावना छैन : अध्यक्ष यादव

कमेन्ट गर्नुहोस्