ढुंगेललाई तत्काल रिहाइ नगरे ठूलो मूल्य चुकाउनु पर्ने विप्लबको चेतावनी

काठमाडौं, कात्तिक १४ । नेकपा माओवादीका नेता बालकृष्ण ढुंगेललाई तत्काल रिहाइ गर्न नेपाल कम्युनिष्ट पार्टीले जोडदार माग गरेको छ ।

मंगलबार प्रहरीले माओवादी केन्द्रका नेता ढुंगेललाई पक्राउ गरेपछि नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले विज्ञप्ति जारी गर्दै ढुंगेललाई विनासर्त रिहा र मुद्दा खारेजी गर्न माग गरेको छ ।

याे पनि पढ्नुस  नेकपा एकीकरणः दसैंलगत्तै तल्लो तहको एकता

विज्ञप्तिमार्फत विप्लवले आफ्नो मागको बेवास्ता गरिए राज्यले कडा मुल्य चुकाउनु पर्ने चेतावनी समेत दिएका छन् ।

यस घटनालाई संसदवादीहरुको षड्यन्त्र भन्दै उनले कसैलाई कथित दोषि बनाएर जेल हाल्ने कार्य अराजनैतिक, अनैतिक र घृर्णास्पद भएको बताएका छन् ।
हेर्नुहोस विज्ञप्तीः

कमेन्ट गर्नुहोस्