वाम गठबन्धद्वारा निर्वाचन परिचालन कमिटी गठन

कभ्रे, कार्तिक १४ । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा बाम गठवन्धनले मंगलबार पार्टी एकता संयोजन समिति र निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्र गठवन्धनले संयुक्त पत्रकार सम्मेलन गर्दै बुधवार वेलुकासम्म उम्मेदवारको नामावली पनि सार्वजनिक हुने जानकारी दिएको छ ।

पार्टी एकता संयोजन समितिमा एमालेका पूर्व अध्यक्ष गोकुल बास्कोटा, पूर्व सांसद रामहरी सुवेदी, माओवादी केन्द्रका सह– इन्चार्जद्धय दिनानाथ गौतम, गङगा बहादुर दोङ, माओवादी पार्टी संयोजक रुकु चौलागाई, एमाले जिल्ला कमिटीका अध्यक्ष टोक बहादुर वाइवा, सचिव नारायण पाण्डे सहितको सात सदस्यीय रहेको छ ।

याे पनि पढ्नुस  वाम एकता भाँड्न खेलिदैछन् गुप्त खेल, छलाङ् मार्ने तयारीमा प्रचण्ड

त्यस्तै निर्वाचन परिचालन कमीटीमा एमालेका जिल्ला अध्यक्ष टोक बहादुर वाइवा, माओवादी केन्द्रका पार्टी संयोजक रुकु चौलागाई, निर्वतमान सांसद र दुबै पार्टीका जिल्ला सदस्यहरु रहेका छन ।
गठवन्धनले प्रतिनिधिसभा निर्वाचन क्षेत्र परिचालन कमीटी, प्रदेश सभा निर्वाचन परिचालन कमीटी पनि गठन गरेको छ भने गाँउ तथा नगरपालिका स्तरिय निर्वाचन परिचालन कमीटी पनि गठन भएको जनाएको छ ।

याे पनि पढ्नुस  केपी ओलीले आफूलाई भावी प्रधानमन्त्रीका रूपमा बहस उठाए !

गठवन्धनले मनोनयन लगत्तै १८ गतेदेखि २२ गतेसम्म गाँउ गाँउमा विभिन्न चुनाव लक्षित कार्यक्रम गर्ने उल्लेख गर्दै सबै तह र निकायमा पनि निर्वाचन परिचालन कमीटी गठन गर्ने जनाएको छ ।

सो अवसरमा नेकपा एमालेका पूर्व अध्यक्ष गोकुल बास्कोटाले विगतका तिक्ततालाई मेटाउदै त्यसले बामपन्थि आन्दोलनमा भएको क्षतिलाई महसुस गर्ने गरी चुनावी प्रचारलाई तिव्र वनाइने बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका सह– इन्चार्ज दिनानाथ गौतमले एकताले नयाँ विचारको जन्म गराएको तर्क गर्दै एकता अहिलको आवश्क्ता भएको बताउनुभयो ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओली अाज साँझ स्वदेश फर्कने

त्यस अघि दुबै पार्टीका करिव ४० वटा भातृ संस्थाले गठवन्धनको पक्षमा जनमत बनाउन चुनाव लक्षित कार्यक्रम अघि वढाइने बताएका छन । खास गरी विद्यार्थी सङगठन, मजदुर सङगठन, महिला सघ, सङगठन, शिक्षक सङगठन लगायतका भातृ सङगठन बाम गठवन्धनलाई जिताउन चुनावी अभियानमा होमिने प्रतिवद्धता व्यक्त गरेका छन ।

कमेन्ट गर्नुहोस्