प्रमुख रेणुले भनिन–मेधौलीलार्इ देशकै नमूना पर्यटन केन्द्र बनाउने योजना छ

चितवन, कात्तिक १४ । भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले मेधौलीलाइ देशकै नमुना पर्यटकीय केन्द्र बनाउन सकिने सम्भावना रहेको बताएकी छन ।

दुइ ठूला नदीहरू नारायणी र राप्तीको संगम, राष्ट्रिय निकुन्ज, यस क्षेत्रको प्राकृतिक सौन्दर्यता र सॉस्कृतिक विविधता मेधौलीको पर्यटनको मुख्य आधार भएको बताइन ।

मंगलबार मेधौलीमा वडा न २८ को वडा भेलालार्इ सम्बोधन गर्दै बिकासको दृस्टीकोणले पछि परेको वडा केही वर्षमै बिकासका दृस्टीले सबैभन्दा अगाडि हुने बताइन ।

पर्यटनको प्रचुर संभावना बोकेको मेधौली ,गोलाधाटलार्इ पर्यटनको केन्द्र बनाउने महानगरको योगना रहेको उनले बताइन । प्रमुख दाहालले भरतपुर र गोलाधाटलार्इ बिकासको दृस्टीकोणले बराबरी बनाउने मिसनका साथ आफू लागिपरेको बताइन । यसकालागी सबैको रचनात्मक साथ र सहयोगको अपेक्षा गरेको पनि उनले बताइन ।

याे पनि पढ्नुस  दुष्चक्रमा हामी फस्दैनौं : प्रचण्ड

वडाको प्रमुख समस्याको रूपमा रहेको नदीकटान र जंगली जनावरबाट हुने क्षती न्यूनिकरण गर्न तटबन्धन र तारजालि लगाउने ब्यावस्था तत्काल थालिने जानकारी दिइन । उनले मेधौलीमा सुबिधा संपन्न स्वास्थ्य केन्द्र निर्माण गर्ने काम नगरस्तरीय योजनाबाट अगाडि बढाइने बताइन ।

अबको समय तिब्र बिकास मार्फत संबृद्दीहासिल गर्ने समय भयको बताउदै महानगर त्यो दिसामा केन्द्रीत रहेको बताइन ।। वडा सभाबाट आयका योजनाहरू महानगरको स्रोत र साधनको परिधीभित्ररही प्रथम नगरसभाबाट पारित गरेर बिकास निर्माणमा केन्द्रीत हुने बताइन ।

याे पनि पढ्नुस  दुर्घटनामा परी नेविसंघका पूर्वजिल्ला सभापतिको निधन

महानगर दिगो र आत्मनिर्भर बिकासको पक्षमा रहेको बताउदै छिट्टै देखिनेगरी काम थालिने उनको भनाइ छ । उनले महानगरले रणनैतिक महत्वका ठूला योजनाहरू ग्रामिण क्षेत्रबाटै सुरूगर्ने बताइन ।

कार्यक्रममा वडा न २८ का अध्यक्ष आसबहादुर कुमालले आसन्न नगरसभामा प्रस्तुत गर्ने वडाका प्रस्तावित योजनाहरू प्रस्तुत गरेका थिए । नारायणी र रापतीनदीको संगम र राष्टिट्रय निकुन्जबाट प्रबाभितवडा भयको भन्दै नदी कटान नियन्त्रण र जडंगली जनावर नियन्त्रण गर्न मेसजालीको बिषेस योजना ल्याउनन आवस्यक रहेको बताए ।

याे पनि पढ्नुस  ओलीजी पनि पार्टी एकता टुंग्याएर सरकार गठन गर्ने पक्षमै हुनुहुन्छ : प्रचण्ड

उनले मेधोली बिमानस्थलको धावनमार्ग कालोपत्रे ,गोलाधाटमा नारायणी नदि र रापती नदिमा पुल निर्माणगरी मेधौली माडी हुलाकी मार्ग निर्माण जस्ता योजनाहरूलाइ महानगरिय योजनामा साबेस गर्नुपर्ने योजनाहरू प्रस्तुत गरे ।

बुधबारसम्ममा वडाभेलाहरू सकिने छन । वडासभाबाट प्रस्तावित कार्यक्रम योजनाहरूलाई विस्तृत अध्ययन गरी प्रतिवेदन तयार गरे बताइएको छ । आगामी कार्तिक मसान्तमा बस्ने भारतपुर महानगरपालिकाको प्रथम नगरसभाबाट सो योजनाहरु पारित गरी योजनाबद्द बिकासको दिशामा अगाडि बढ्ने प्रमुख रेणु दाहालले जानकारी दिइन ।

कमेन्ट गर्नुहोस्